24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

प्रतिफल र पौरखी सहकारी एकिकरणको लागि संयुक्त साधारणसभा सम्पन्न ।

शेयर गर्नुहोस्

सदरमुकाम कुश्मामा संचालित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पौरखी कृषक कृषि सहकारी संस्था लिमिटेडको संयुक्त साधारणसमा सम्पन्न भएको छ ।

शनिबार दुईओटै सहकारी संस्थाको संयुक्त साधारणसभाले सहकारीको एकिकरणको अन्तिम प्रस्ताव पारित गरेको छ । सहकारी संस्थाको गत २०८० पौष १४ मा सम्पन्न वार्षिक साधारणसभाबाट एकिकरणको प्रस्ताव अगाडि बढेको थियो । नियमन निकाय कुश्मा नगरपालिकाले फागुन १८मा एकिकरणका लागि पुर्व स्वीकृति प्रदान गरिसकेको छ । दुइ सहकारीमा सदस्यता समेत दोहोरो कायम रहेको छ ।

एकीकरण हुंदा सहकारीको नाम प्रतिफल बचत तथा ऋण सहकारी कायम रहने र सहकारीले २०८१ बैशाख महिनाको मसान्तसम्म एकिकरणको कार्य सम्पन्न गरि जेठ १ गतेबाट संयुक्त कारोबार सुरु गर्ने कार्ययोजना समेत पारित गरेको अध्यक्ष मोहोन आचार्यले जानकारी दिए । एकीकरण पछि कायम रहने सहकारीमा १५३ जना सदस्य, १ करोड ७४ लाख शेयर पुँजी, ७६ लाखको विभिन्न सहकारी कोष सहित करिव ७ करोडको वासलात र ४ जना कर्मचारी रहने आचार्यले जानकारी दिए ।

साधारणसभा बाट सहकारीको ५ वर्षे रणनीतिक कार्ययोजना, संयुक्त ऋण धन विधि अनुसार १:१ को अनुपातमा हिसाब मिलान गर्ने, प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विनियम २०६८ को पहिलो संशोधन, सदस्यता नीति २०८१, वचत नीति २०८१, ऋण नीति २०८१ लगाएतका नितिहरु माथि छलफल तथा पारित गरेको छ । सहकारीले प्रस्ताव गरेको ५ वर्षे कार्ययोजना अनुसार अबको ५ वर्षमा २५०० सदस्य पुराउने र करिव १४ करोडको बासलात पुराउने लक्ष्य प्रस्ताव गरिएको प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक शिवप्रसाद शर्माले जानकारी गराए । कार्यक्रममा शर्माले साधारणसभाको एकिकरणका प्रस्तावहरु समेटेर प्रस्तुती समेत राखेका थिए ।

साधारणसभाले दुबै सहकारीको सञ्चालक कार्यसमिति भंग गरि मोहन आचार्यको अध्यक्षतामा दुबै सहकारीबाट प्रतिनिधित्व हुने गरि ११ सदस्यीय नयाँ सञ्चालक समितिको चयन गरेको छ भने शिवप्रसाद शर्माको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समितिको चयन गरिएको छ । कार्यक्रममा कमल चापागाईंले सहकारी एकिकरणको ओैचित्य र आगामी यात्राबारे भनाइ राखेका थिए ।

प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पौरखी कृषक कृषि सहकारीका संस्थाका अध्यक्ष सञ्जु शर्माले स्वागत र संचालन प्रतिफल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष योगराज गिरी बद्रीको रहेको थियो ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...