9.1 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

प्रतिफल र पौरखी सहकारी एकिकरणको लागि संयुक्त साधारणसभा सम्पन्न ।

शेयर गर्नुहोस्

सदरमुकाम कुश्मामा संचालित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पौरखी कृषक कृषि सहकारी संस्था लिमिटेडको संयुक्त साधारणसमा सम्पन्न भएको छ ।

शनिबार दुईओटै सहकारी संस्थाको संयुक्त साधारणसभाले सहकारीको एकिकरणको अन्तिम प्रस्ताव पारित गरेको छ । सहकारी संस्थाको गत २०८० पौष १४ मा सम्पन्न वार्षिक साधारणसभाबाट एकिकरणको प्रस्ताव अगाडि बढेको थियो । नियमन निकाय कुश्मा नगरपालिकाले फागुन १८मा एकिकरणका लागि पुर्व स्वीकृति प्रदान गरिसकेको छ । दुइ सहकारीमा सदस्यता समेत दोहोरो कायम रहेको छ ।

एकीकरण हुंदा सहकारीको नाम प्रतिफल बचत तथा ऋण सहकारी कायम रहने र सहकारीले २०८१ बैशाख महिनाको मसान्तसम्म एकिकरणको कार्य सम्पन्न गरि जेठ १ गतेबाट संयुक्त कारोबार सुरु गर्ने कार्ययोजना समेत पारित गरेको अध्यक्ष मोहोन आचार्यले जानकारी दिए । एकीकरण पछि कायम रहने सहकारीमा १५३ जना सदस्य, १ करोड ७४ लाख शेयर पुँजी, ७६ लाखको विभिन्न सहकारी कोष सहित करिव ७ करोडको वासलात र ४ जना कर्मचारी रहने आचार्यले जानकारी दिए ।

साधारणसभा बाट सहकारीको ५ वर्षे रणनीतिक कार्ययोजना, संयुक्त ऋण धन विधि अनुसार १:१ को अनुपातमा हिसाब मिलान गर्ने, प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विनियम २०६८ को पहिलो संशोधन, सदस्यता नीति २०८१, वचत नीति २०८१, ऋण नीति २०८१ लगाएतका नितिहरु माथि छलफल तथा पारित गरेको छ । सहकारीले प्रस्ताव गरेको ५ वर्षे कार्ययोजना अनुसार अबको ५ वर्षमा २५०० सदस्य पुराउने र करिव १४ करोडको बासलात पुराउने लक्ष्य प्रस्ताव गरिएको प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक शिवप्रसाद शर्माले जानकारी गराए । कार्यक्रममा शर्माले साधारणसभाको एकिकरणका प्रस्तावहरु समेटेर प्रस्तुती समेत राखेका थिए ।

साधारणसभाले दुबै सहकारीको सञ्चालक कार्यसमिति भंग गरि मोहन आचार्यको अध्यक्षतामा दुबै सहकारीबाट प्रतिनिधित्व हुने गरि ११ सदस्यीय नयाँ सञ्चालक समितिको चयन गरेको छ भने शिवप्रसाद शर्माको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समितिको चयन गरिएको छ । कार्यक्रममा कमल चापागाईंले सहकारी एकिकरणको ओैचित्य र आगामी यात्राबारे भनाइ राखेका थिए ।

प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पौरखी कृषक कृषि सहकारीका संस्थाका अध्यक्ष सञ्जु शर्माले स्वागत र संचालन प्रतिफल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष योगराज गिरी बद्रीको रहेको थियो ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...