11.4 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

नेष्डो नेपालको साधारण सभा सम्पन्न, अब एक हप्ता दर्जनौं सामाजिक कार्यक्रम गर्ने ।

शेयर गर्नुहोस्

राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साताव्यापी दर्जनौं सामाजिक कार्यक्रम आयोजना गर्न लागिरहेको संस्थाले पहिलोदिन साधारण सभा र संस्थापक अध्यक्ष विश्वप्रकास प्रसाईंको जन्मोत्सवको अवसरमा सामाजिक सहयोगका कार्यक्रम गरेको छ ।

साधारण सभामा संस्थाले गएको वर्ष सम्पादन गरेका कार्यक्रमहरुको जानकारी र आगामी बर्षका निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सावित्री खत्री क्षेत्रीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष विश्वप्रकास प्रसाईंले नेष्डो स्थापनाको काल खण्डलाई स्मरण गर्दै आजको दिनमा समाजमा नेष्डोको उपस्तिथिले नागरिकलाई दिएको खुसीले आफ्ना विगतका दु:खलाई बिर्साइदिएको बताए । प्रसाईंले समाजका भुँइमान्छेहरुका समस्या समाधानमा सहयोग गर्न दिनरात नभनी लागी पर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व सांसद निर्मला क्षेत्री, फेडेन नेपालका उपाध्यक्ष, सुलोचना सिग्देल, केन्द्रिय सचिव जय प्रकाश राय, केन्द्रिय सदस्य बाबुराम शर्मा, फेडेन नेपाल सुदुरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र खड्का, गैरसरकारी संस्था नेपालका केन्द्रिय सदस्य जगन्नाथ पौडेल, लोकतान्त्रिक गैरसरकारी संस्था पर्वतका अध्यक्ष गणेश बहादुर क्षेत्री, संचारकर्मी ठाकुर रसाईली लगायतले आफ्नो धारणा राखेका थिए । रत्न प्रसाद अधिकारीको अध्यक्षतामा सप्पन्न कार्यक्रममा स्वागत सचिव जित बहादुर नेपालीको रहेको थियो । आजिवन सदस्य सुश्मा प्रसाईंको संचालन र आजिवन सदस्य अनिता सोतीको प्रतिज्ञामन्त्र राखेका थिए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...