20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

नेष्डो नेपालको साधारण सभा सम्पन्न, अब एक हप्ता दर्जनौं सामाजिक कार्यक्रम गर्ने ।

शेयर गर्नुहोस्

राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साताव्यापी दर्जनौं सामाजिक कार्यक्रम आयोजना गर्न लागिरहेको संस्थाले पहिलोदिन साधारण सभा र संस्थापक अध्यक्ष विश्वप्रकास प्रसाईंको जन्मोत्सवको अवसरमा सामाजिक सहयोगका कार्यक्रम गरेको छ ।

साधारण सभामा संस्थाले गएको वर्ष सम्पादन गरेका कार्यक्रमहरुको जानकारी र आगामी बर्षका निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सावित्री खत्री क्षेत्रीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष विश्वप्रकास प्रसाईंले नेष्डो स्थापनाको काल खण्डलाई स्मरण गर्दै आजको दिनमा समाजमा नेष्डोको उपस्तिथिले नागरिकलाई दिएको खुसीले आफ्ना विगतका दु:खलाई बिर्साइदिएको बताए । प्रसाईंले समाजका भुँइमान्छेहरुका समस्या समाधानमा सहयोग गर्न दिनरात नभनी लागी पर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व सांसद निर्मला क्षेत्री, फेडेन नेपालका उपाध्यक्ष, सुलोचना सिग्देल, केन्द्रिय सचिव जय प्रकाश राय, केन्द्रिय सदस्य बाबुराम शर्मा, फेडेन नेपाल सुदुरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र खड्का, गैरसरकारी संस्था नेपालका केन्द्रिय सदस्य जगन्नाथ पौडेल, लोकतान्त्रिक गैरसरकारी संस्था पर्वतका अध्यक्ष गणेश बहादुर क्षेत्री, संचारकर्मी ठाकुर रसाईली लगायतले आफ्नो धारणा राखेका थिए । रत्न प्रसाद अधिकारीको अध्यक्षतामा सप्पन्न कार्यक्रममा स्वागत सचिव जित बहादुर नेपालीको रहेको थियो । आजिवन सदस्य सुश्मा प्रसाईंको संचालन र आजिवन सदस्य अनिता सोतीको प्रतिज्ञामन्त्र राखेका थिए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...