11.4 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

प्रतिफल र पौरखी सहकारीको एकिकृत कारोबार शुभारम्भ

शेयर गर्नुहोस्

प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पौरखी कृषक कृषि सहकारी संस्था लिमिटेड विच भएको एकीकरण पछि एकीकृत कारोवार सुरुवात गरिएको छ। यि दुई सहकारी एकआपसमा एकीकरण पश्चात बनेको श्री प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकिकृत कारोबार बुधवार विहान एक समारोहको आयोजना गरि सुरुवात गरिएको हो। 

कार्यक्रममा प्रमुख अतिथि कुश्मा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले सहकारीहरु पुर्णत नियम र सिद्धान्त भन्दा बाहिर गएर संचालन गरिँदा समस्या आएको बताउँदै संस्थाले ऐन र कार्यविधि अनुरुप स्वनियमनमा संचालन गर्नु पर्नेमा जोड दिए। उनले सदस्यता प्रदान गर्दा ऐन नियम र संस्थाको विनियमलाई ध्यानमा राख्न साथै सदस्यहरुलाइ सहकारीको तालिम, शिक्षा र सुचना प्रणालीले एकाकार गरेर जोड्नु पर्ने बताए। उनले कुश्मा नगरपालिकाको सहकारीहरु विचको एकिकरण गर्ने कुरामा प्रोत्साहन गर्ने नीति रहेको बताए ।

त्यसै गरि सहकारी जिल्ला संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीले सहकारी विच एकीकरण हुँदै संगठित रुपमा काम गर्नु राम्रो भएको बताउँदै यस्तो अभियानलाइ पुरस्कृत हुनुपर्नेमा जोड दिए। रेग्मीले कमजोरी गर्ने समिति र सहकारीको कारण सबै सहकारीहरु अहिले व्यवस्थापकिय दवावमा रहेको बताउँदै ऋण लिएर नतिर्ने र अटेरी गरेर हिड्ने सदस्यको कारण सहकारीहरु जोखिममा रहेको हुँदा नियमक निकाय र सम्पूर्ण सहकारी अभियानको ध्यान त्यता तर्फ केन्द्रीत हुनुपर्नेमा बताए।

कुश्मा नगरपालिका सहकारी शाखा प्रमुख ऋषिराम पौडेलले सहकारीहरुले वर्तमान अवस्थामा भोगेको समस्याहरुलाइ ध्यानमा राख्दै तरलता व्यवस्थापन र कोषहरुको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे।

सहकारीका लेखा तथा सुपरिवेक्षण समिति संयोजक शिवप्रसाद शर्माले सहकारी नियमानुसार नचलेर देखासिकी र व्यवहारिक रुपमा संचालनको अभ्यासले समस्या आएको बताउँदै प्रतिफल सहकारीले आगामी दिनमा पुर्णतः सहकारीको नियममा रहेर कार्य गर्ने बताए।

कार्यक्रममा सहकारीका उपाध्यक्ष योगराज गिरी, कोषाध्यक्ष केदार आचार्य लगाएतले सहकारी सम्बन्धी धाराणा राखेका थिए। सहकारीका अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अनिता केसीको रहेको थियो।

सहकारीले एकिकृत कारोबारको वित्तीय विवरण समेत सार्वजनिक गरेको छ। जस अनुसार कुल शेयर रकम १ करोड ७१ लाख ३ हजार, कुल कोष ८१ लाख ९१ हजार, निक्षेप २ करोड ४ लाख ४० हजार, ऋण  लगानी ४ करोड, ४६ लाख ९९ हजार र स्थिर सम्पत्ति १ लाख ३२ हजार रहेको छ।

त्यसैगरी सहकारीले आधुनिक सुचना प्रणालीमा सदस्यलाई जोड्ने, तालिम तथा शिक्षामा जोड दिँदै सदस्यता प्रदान गर्नलाइ सहजताको निति अख्तियारी गरेर ५ वर्ष भित्र २५०० सदस्य पुराउने लक्ष्य राखेको छ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...