20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

प्रतिफल र पौरखी सहकारीको एकिकृत कारोबार शुभारम्भ

शेयर गर्नुहोस्

प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पौरखी कृषक कृषि सहकारी संस्था लिमिटेड विच भएको एकीकरण पछि एकीकृत कारोवार सुरुवात गरिएको छ। यि दुई सहकारी एकआपसमा एकीकरण पश्चात बनेको श्री प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकिकृत कारोबार बुधवार विहान एक समारोहको आयोजना गरि सुरुवात गरिएको हो। 

कार्यक्रममा प्रमुख अतिथि कुश्मा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले सहकारीहरु पुर्णत नियम र सिद्धान्त भन्दा बाहिर गएर संचालन गरिँदा समस्या आएको बताउँदै संस्थाले ऐन र कार्यविधि अनुरुप स्वनियमनमा संचालन गर्नु पर्नेमा जोड दिए। उनले सदस्यता प्रदान गर्दा ऐन नियम र संस्थाको विनियमलाई ध्यानमा राख्न साथै सदस्यहरुलाइ सहकारीको तालिम, शिक्षा र सुचना प्रणालीले एकाकार गरेर जोड्नु पर्ने बताए। उनले कुश्मा नगरपालिकाको सहकारीहरु विचको एकिकरण गर्ने कुरामा प्रोत्साहन गर्ने नीति रहेको बताए ।

त्यसै गरि सहकारी जिल्ला संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीले सहकारी विच एकीकरण हुँदै संगठित रुपमा काम गर्नु राम्रो भएको बताउँदै यस्तो अभियानलाइ पुरस्कृत हुनुपर्नेमा जोड दिए। रेग्मीले कमजोरी गर्ने समिति र सहकारीको कारण सबै सहकारीहरु अहिले व्यवस्थापकिय दवावमा रहेको बताउँदै ऋण लिएर नतिर्ने र अटेरी गरेर हिड्ने सदस्यको कारण सहकारीहरु जोखिममा रहेको हुँदा नियमक निकाय र सम्पूर्ण सहकारी अभियानको ध्यान त्यता तर्फ केन्द्रीत हुनुपर्नेमा बताए।

कुश्मा नगरपालिका सहकारी शाखा प्रमुख ऋषिराम पौडेलले सहकारीहरुले वर्तमान अवस्थामा भोगेको समस्याहरुलाइ ध्यानमा राख्दै तरलता व्यवस्थापन र कोषहरुको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे।

सहकारीका लेखा तथा सुपरिवेक्षण समिति संयोजक शिवप्रसाद शर्माले सहकारी नियमानुसार नचलेर देखासिकी र व्यवहारिक रुपमा संचालनको अभ्यासले समस्या आएको बताउँदै प्रतिफल सहकारीले आगामी दिनमा पुर्णतः सहकारीको नियममा रहेर कार्य गर्ने बताए।

कार्यक्रममा सहकारीका उपाध्यक्ष योगराज गिरी, कोषाध्यक्ष केदार आचार्य लगाएतले सहकारी सम्बन्धी धाराणा राखेका थिए। सहकारीका अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अनिता केसीको रहेको थियो।

सहकारीले एकिकृत कारोबारको वित्तीय विवरण समेत सार्वजनिक गरेको छ। जस अनुसार कुल शेयर रकम १ करोड ७१ लाख ३ हजार, कुल कोष ८१ लाख ९१ हजार, निक्षेप २ करोड ४ लाख ४० हजार, ऋण  लगानी ४ करोड, ४६ लाख ९९ हजार र स्थिर सम्पत्ति १ लाख ३२ हजार रहेको छ।

त्यसैगरी सहकारीले आधुनिक सुचना प्रणालीमा सदस्यलाई जोड्ने, तालिम तथा शिक्षामा जोड दिँदै सदस्यता प्रदान गर्नलाइ सहजताको निति अख्तियारी गरेर ५ वर्ष भित्र २५०० सदस्य पुराउने लक्ष्य राखेको छ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...