9.1 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

विद्यार्थीलाई पोशाक बोकेर गाउँगाउँ पुग्यो, पर्वत वेलफेयर सोसाइटी यूके।

शेयर गर्नुहोस्

पर्वत वेलफेयर सोसाइटी यूकेद्वारा गृह जिल्ला पर्वतका जेहेन्दार, गरिब तथा अल्पसंख्यक बालबालिका हरुलाई पोशाक, तथा शैक्षिक सामाग्री वितरण गरेको छ । वेलफेयर सोसाइटीको प्रतिनिधित्व गर्दै बरिस्ठ उपाध्यक्ष दधी आचार्य यतिबेला विद्यार्थी भेट्न र सहयोग गर्न पर्वतका गाउँगाउँ पुगेका छन ।

पर्वतको उत्तरी क्षेत्र जलजला गाउँपालिकाको फर्से धाइरिङ मावि, कृष्णभवन धर्म मावि, शालिजा मावि र ग्रामप्रकाश मावि लेखफाँटका ४४ जना र दक्षिणको विहादी गाउँपालिकाका विभिन्न विद्यालयका ११५ जना जेहान्दार विद्यार्थीलाई पोशाक, झोला र कापीकलम वितरण गरिएको हो ।

सामाग्री हस्तान्तरणमा सहभागी गण्डकी प्रदेश सभा सदस्य माननीय रेखा गुरुङले विदेशमा रहे पनि जन्मे हुर्केको गाउँमा संधै मानवीय तथा सामाजिक सहयोगका कार्यहरु गरिरहेको वेलफेयर सोसाइटीप्रति प्रसंसा र आभार व्यक्त गरिन । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, बिहादी गाउँपालिका अध्यक्ष परविन गुरुङ लगायत बुद्धिजीवी स्थानीयहरुको उपस्थिति थियो ।

सोसाइटीका उपाध्यक्ष आचार्यले विद्यालयले छनोट गरेका विद्यार्थीलाई सहयोग वितरण गरिएको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए ।

पर्वत वेलफेयर सोसाइटी यूकेकी अध्यक्ष अप्सरा गुरुङले च्यारिटी कार्यक्रमको लक्ष्यअनुसार नै विपन्न गृह जिल्लाका बालबालिकालाई सहयोग वितरण गरिएको जानकारी दिइन् । अध्यक्ष गुरुङले समाजिक सेवा तथा सहयोगलाई संधै आत्मसात गर्दै अंगाडी बढ्ने र चरणबद्ध रुपमा बाँकी विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरिने बताइन् ।

सोसाइटीले गत जुलाई पहिलो साता बेलायतमा च्यारिटी कार्यक्रम गरी झण्डै २० लाख रुपैया जुटाएको थियो । सन् २००३ मा स्थापना भएको संस्थाले दृष्टिविहिन विद्यार्थीलाई अक्षय कोषसहित शिक्षा, स्वास्थ्य, विपत्ति तथा बाढीपहिरोबाट विस्थापित लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...