20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

विद्यार्थीलाई पोशाक बोकेर गाउँगाउँ पुग्यो, पर्वत वेलफेयर सोसाइटी यूके।

शेयर गर्नुहोस्

पर्वत वेलफेयर सोसाइटी यूकेद्वारा गृह जिल्ला पर्वतका जेहेन्दार, गरिब तथा अल्पसंख्यक बालबालिका हरुलाई पोशाक, तथा शैक्षिक सामाग्री वितरण गरेको छ । वेलफेयर सोसाइटीको प्रतिनिधित्व गर्दै बरिस्ठ उपाध्यक्ष दधी आचार्य यतिबेला विद्यार्थी भेट्न र सहयोग गर्न पर्वतका गाउँगाउँ पुगेका छन ।

पर्वतको उत्तरी क्षेत्र जलजला गाउँपालिकाको फर्से धाइरिङ मावि, कृष्णभवन धर्म मावि, शालिजा मावि र ग्रामप्रकाश मावि लेखफाँटका ४४ जना र दक्षिणको विहादी गाउँपालिकाका विभिन्न विद्यालयका ११५ जना जेहान्दार विद्यार्थीलाई पोशाक, झोला र कापीकलम वितरण गरिएको हो ।

सामाग्री हस्तान्तरणमा सहभागी गण्डकी प्रदेश सभा सदस्य माननीय रेखा गुरुङले विदेशमा रहे पनि जन्मे हुर्केको गाउँमा संधै मानवीय तथा सामाजिक सहयोगका कार्यहरु गरिरहेको वेलफेयर सोसाइटीप्रति प्रसंसा र आभार व्यक्त गरिन । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, बिहादी गाउँपालिका अध्यक्ष परविन गुरुङ लगायत बुद्धिजीवी स्थानीयहरुको उपस्थिति थियो ।

सोसाइटीका उपाध्यक्ष आचार्यले विद्यालयले छनोट गरेका विद्यार्थीलाई सहयोग वितरण गरिएको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए ।

पर्वत वेलफेयर सोसाइटी यूकेकी अध्यक्ष अप्सरा गुरुङले च्यारिटी कार्यक्रमको लक्ष्यअनुसार नै विपन्न गृह जिल्लाका बालबालिकालाई सहयोग वितरण गरिएको जानकारी दिइन् । अध्यक्ष गुरुङले समाजिक सेवा तथा सहयोगलाई संधै आत्मसात गर्दै अंगाडी बढ्ने र चरणबद्ध रुपमा बाँकी विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरिने बताइन् ।

सोसाइटीले गत जुलाई पहिलो साता बेलायतमा च्यारिटी कार्यक्रम गरी झण्डै २० लाख रुपैया जुटाएको थियो । सन् २००३ मा स्थापना भएको संस्थाले दृष्टिविहिन विद्यार्थीलाई अक्षय कोषसहित शिक्षा, स्वास्थ्य, विपत्ति तथा बाढीपहिरोबाट विस्थापित लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...