16 C
Nepal
Sunday, October 25, 2026
आइतवार, कार्तिक ९, २०८३
Sunday, October 25, 2026
spot_img

अस्पताल बोकेर गाउँमा- शिव

शेयर गर्नुहोस्

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी नागरीक तहसम्म पुराउन सकिन्छ भनेर लागि परेका छन । अध्यक्ष यात्रा ५ महिना पुग्दा नपुग्दै उनको काम जिल्लाभरी प्रवाह भएको छ ।

जिल्लाको ठुलो सरकारी अस्पताल स्थानिय गाउँतहका स्वास्थ्य संस्थाको अभिभावक हो । नागरिकको पनि बढी अपेक्षा हुन्छ । त्यो अभिभावकत्व र अपेक्षालाई याम परियारको नेतृत्वले पुरा गर्दैछ । अस्पतालको आवश्यकीय सुधार, सेवा प्रवाह चुस्त गराउनुपर्ने काम एकातिर छ भने अर्कोतर्फ नागरिक तहसम्म अस्पताल कसरी पुग्न सक्दोरहेछ भनेर उदाहरण नै पेश गरेको छ पर्वत अस्पतालले यसपटक ।

नागरिकलाई स्वास्थ्य सेवा सचेतना दिन अध्यक्ष परियार डाक्टरको टोलीनै बोकेर गाउँ बस्तीतिर धेरै  देखिन्छन । यता अस्पतालबाट  दिने सेवा रोकेर गाउँ गएका भने हैनन । अस्पतालमा सेवामा टिम लागि परिनै रहेको छ । कुशल व्यवस्थापनबाट एक ठाउँ सदरमुकाममा रहेको अस्पताल जिल्लैभरी कसरी पुग्न सक्ने रहेछ भन्ने देखिएको छ ।

अस्पताल संवेदनशिल क्षेत्र हो । यस क्षेत्रमा काम गर्ने मान्छेले सहजै जस पाउन मुस्किल पर्छ । नागरिकका अपेक्षा धेरै हुन्छन । साधन स्रोत, नियमको सिमितता छ । तर अनेक झन्झटका बिच धेरै भन्दा धेरै स्वस्थ्य सेवा दिनु अर्को राम्रो काम हो । जतिनै कुरा गरे पनि स्वास्थ्य संस्थाको सबैभन्दा मुख्य काम स्वास्थ्य सेवा नै दिने हो । यस मानेमा यो पटक पर्वत अस्पतालको टिम देखिने गरि लागेको छ । कुराले हैन कामले लागेको छ । कुशल व्यवस्थापन टिम, डाक्टर, जोडिएका सबै निकायको इच्छाशक्ति र सकारात्मक सोचले यो संभव भएको हो । यो संधै रहिरहोस ।

हामिलाई कुरा मात्रै गर्ने मान्छे भन्दा काम बढी गर्ने मान्छे चाहिएको हो `गो अहेड´ शिव परियार, अस्पताल टिम ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...