24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

फेरिएकी हुन् ज्योती मगर ?

शेयर गर्नुहोस्

ज्योती मगर । नेपाली लोकदोहोरी गीतमा उत्तेजक प्रस्तुतिका कारण विवाद र चर्चामा रहने एक गायिका । ज्योती मगर भन्ने वित्तिकै छोटा पहिरन लगाएर दुई अर्थ दिने शब्द प्रयोग गरिएका गीत सार्वजनिक गर्ने गायिका भनेर धेरैले वुझ्थे र आज पनि वुझ्छन् । स्टेज कार्यक्रममा त झन्, ज्योतीको गायकीको भन्दा उनको हाउभाउ र पहिरनको चर्चा बढी हुने गर्दथ्यो । ज्योती पनि के कम, उत्ताउला पहिरन लगाएर दर्शकलाई मनोरञ्जन दिन खुबै माहिर ।

ज्योती मगरका गीतलाई लिएर दर्शकले समेत तिखो आलोचना गर्दथ्य । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा उनको गीतको बिषयमा थुप्रै पटक उजुरी समेत परेको थियो । तर, ज्योती मगर आफ्नो शैली र अडान छाड्ने मुडमा थिइनन् ।
पछिल्लो केही समयदेखि नेपाली लोकदोहोरी गीतले शैली फेरेको छ । प्रकाश सपुतदेखि विष्णु माझीका गाउँघरका भाका टपक्क टिपेर बनाइएका गीतले श्रोता तथा दर्शकको मन जितेका छन् ।

समय अनुसार बदलिनुपर्छ भन्ने सोच सायद, ज्योतीमा पनि आएको हुनुपर्छ । उनले हालसालै सार्वजनिक गरेको ‘माईतीको मया बरीलै’ले यो कुराको आभाष दिएको छ । शनिबारमात्रै सार्वजनिक गीतमा ज्योती मगरको शब्द, संगीत, स्वर एवं अभिनय छ ।

यो गीत सुन्दा र भिडियो हेर्दा धेरैलाई लाग्न सक्छ, ज्योती मगरको शैली ३६० डिग्रीमा फनक्कै घुमेको छ । भिडियोमा पनि धेरैले ज्योती फेरिएको प्रतिक्रिया दिएका छन् ।

गायिका ज्योती मगरले आफू नफेरिएको बताउँदै जे सिर्जना भयो सोही बजारमा ल्याएको प्रतिक्रिया दिइन् । उनले अनलाइनखबरसँग भनिन्–‘म फेरिएकी होइनँ । जतिबेला जे सिर्जना हुन्छ त्यही ल्याउने हो । कहिले डान्सिङ्ग खालका गीतहरु आउलान्, कहिले सेन्टिमेन्टल ।’

यसवर्ष पनि उनका ‘पोई छैन जोई छैन’, ‘मितिनी’, ‘पर्दैन हेर्नलाई ऐना’, ‘घाघरु घोडा घोडा’, ‘बनारसी साडी’ लगायतका तीज गीत सार्वजनिक भैसकेका छन् । त्यसमध्ये आफ्नै लगानीमा उनले फरक खालको ‘माइतीको मया बरिलै’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । गीतमा तीजमा माईत जान नपाउँदाको चेलीको बेदनालाई मार्मीक रुपमा प्रस्तुत गरिएको छ ।

गायिका ज्योतीले गाउँमा आमा, हजुरआमाहरुको मुखबाट सुन्ने गरेका कुराहरुलाई गीतमा उतारेको बताइन् । स्मृति तिमिल्सिना (गुरुआमा)को निर्देशनमा बनेको गीतको भिडियो पनि राम्रो बनेको छ । भिडियोमा ज्योतीका साथमा रितिका कुवँर लगायतका कलाकारको अभिनय छ ।

यो गीतको भिडियोले अपेक्षित भ्यूज नपाएपनि लोकदोहोरी क्षेत्रमा सर्जकहरु पनि यसलाई मौलिक गीत भन्छन् । गायक बद्री पंगेनीले ज्योतीको यो गीत आफूलाई यसवर्ष सबैभन्दा मन परेको गीत भएको बताएका छन् । उनले भिडियो फेसबुकमा शेयर गर्दै लेखेका छन्– ‘मान्छेको आ–आफ्नो बिचार, धारणा र बुझाई हुन्छ । मेरो नजरमा यो बर्ष मलाई सबैभन्दा मनपरेको तीज गीत माईतीको माया बरिलै हो । शब्द, संगीत, स्वर, अभिनय अनि भिडियो उत्कृष्ट लाग्यो । हामी संगीतमा यथार्थ खोज्छौं, त्यो यथार्थ यो गीतमा छ । बधाई छ बैनी ज्योती मगर, रितिका कुँवर अनि स्मृती तिमीलाई । बैनी ज्योती तपाइबाट नेपाली गीत संगीतले यस्तै सृजनाको अपेक्षा गरेको छ ।’

गायिका ज्योती धेरैबाट राम्रो प्रतिक्रिया पाउँदा खुसी लागेको बताउँछिन् । उनले यसअघि अरुका सेन्टिमेन्टल गीतहरु सुन्ने गरेकोमा अहिले यस गीत सुन्दा आफैलाई आनन्द लाग्न थालेको बताइन् ।

उसो त यस प्रकारको गीत ल्याउने तयारी गरिरहँदा ज्योतीलाई धेरैले यस्तो गीतको भ्यूज खासै नजाने बताएका थिए । तर, ज्योतीले भने यो गीत आफूले भ्यूजका लागि नगरेको बताइन् । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई पदम सुवेदीेले सम्पादन गरेका छन् ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...