7.9 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

हराएको डिभाइसबाट कसरी हटाउने जिमेल एकाउन्ट ?

शेयर गर्नुहोस्

१४ भदौ, काठमाडौं । तपाईले आफ्नो मोबाइल फोन, ट्याबलेट वा ल्यापटप हराउनुभयो ? ती डिभाइसमा तपाईको जिमेल एकाउन्ट लगइन भएको छ, जसमा तपाईका काम वा व्यक्तिगत जिवन सँग सम्बन्धित संवेदनशील जानकारीहरु हुन सक्दछन् ।

यस्तो अवस्थामा तपाईको उक्त डिभाइस फेला पार्ने वा चोरी गर्ने व्यक्तिले तपाईको जिमेल एकाउन्टमा पहुँच प्राप्त गर्न सक्दछ र तपाईका गोप्य जानकारीहरु हात पार्न सक्दछ । त्यसैले यस्तो अवस्थामा तपाईको हराएको डिभाइसबाट जतिसक्दो छिटो जिमेल एकाउन्ट लगआउट गरिहाल्नु आवश्यक हुन्छ ।

हराएको वा अर्काको हातमा परिसकेको तपाईको डिभाइसमा लगइन भइरहेको जिमेल एकाउन्ट कसरी लग आउट गर्ने ? वास्तवमा गुगलले प्रयोगकर्ताहरुलाई आफ्ना त्यस्ता हराएका डिभाइसबाट जिमेल एकाउन्ट लगआउट गर्ने सुविधा प्रदान गरेको छ । यसका लागि तपाईले निम्न विधि अबलम्बन गर्नुपर्दछ :

  • कुनै डिभाइसमा ब्राउजर खोलेर आफ्नो जिमेल एकाउन्ट लगइन
  • त्यसपछि त्यहाँ रहेको प्रोफाइल आइकनमा क्लिक गरी Manage your Google account अप्सनमा जानुहोस् ।
  • Security ट्याबमा गएर Manage Devices अप्सनमा क्लिक गर्नुहोस् जुन Your Devices खण्डको पिँधमा हुन्छ ।
  • त्यसपछि तपाईले जुन डिभाइसबाट जिमेल लगआउट गर्न चाहनुभएको हो, अर्थात् जुन डिभाइस हराएको वा चोरी भएको हो उक्त डिभाइसको नामको दायाँ माथिपट्टि रहेको तिनवटा थोप्लाको चिन्हमा क्लिक गर्नुहोस् र त्यसपछि देखा पर्ने Sign Out मा क्लि गर्नुहोस् ।
  • त्यसपछि तपाईले साँच्चीकै साइन आउट गर्न चाहुनभएको हो ? भनेर प्रश्न सोधिन्छ । त्यसलाई एकिन गराउनका लागि पुनः Sign Out मा क्लिक गर्नुहोस् ।

यति गरिसकेपछि तपाईले तपाईको हराएको डिभाइसबाट आफ्नो गुगल एकाउन्ट साइन आउट गर्न सक्नुहुन्छ ।

तपाईले अफिसमा वा साइबर क्याफे लगायतका ठाउँहरुमा आफ्नो जिमेल खोलेर साइन आउट गर्न बिर्सनुभएको छ भने पनि यो काइदा उपयोगी हुनसक्दछ ।

एजेन्सीको सहयोगमा

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...