24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, एक बेपत्ता

शेयर गर्नुहोस्

पोखरा । पोखरामा लगातार परेको भारी वर्षाका कारण पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

बुधबार साँझदेखि परेको अविरल वर्षाले पहिरो जाँदा पोखरा–१० रामबजारस्थित नमुना टोलमा ब्लकको घर पहिरोले भत्किँदा ४२ वर्षीया लक्ष्मी नेपालीको मृत्यु भएको हो ।

पहिरोले पुरिएर घाइते भएकी नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

मृतक लक्ष्मी नेपालीको १४ वर्षीया छोरी सृष्टि नेपाली घाइते भई मणिपालमा उपचारपछि आज विहान अस्पतालबाट डिस्चार्ज भएको उनले बताए।

त्यस्तै, भारी वर्षाका कारण पोखराको भलाममा ३५ वर्षीय सुनमाया तामाङ र उनका श्रीमान कृष्ण श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठको ब्लकले बनेको घर पहिरोले पुरिँदा घाइते भएका श्रेष्ठको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनकी पत्नी ३५ वर्षीया सुनमाया तामाङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा परी घाइते भएका श्रेष्ठका ९ वर्षिय छोरा राजकुमार श्रेष्ठको मणिपालमा उपचार भइरहेको छ ।

त्यस्तै, घटनामा परेर श्रेष्ठका अर्का ३ वर्षका छोरा सन्तोष श्रेष्ठ वेपत्ता छन् । वेपत्ता भएका बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...