11.8 C
Nepal
Tuesday, November 18, 2025
मङ्लबार, मंसिर २, २०८२
Tuesday, November 18, 2025
spot_img

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, एक बेपत्ता

शेयर गर्नुहोस्

पोखरा । पोखरामा लगातार परेको भारी वर्षाका कारण पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

बुधबार साँझदेखि परेको अविरल वर्षाले पहिरो जाँदा पोखरा–१० रामबजारस्थित नमुना टोलमा ब्लकको घर पहिरोले भत्किँदा ४२ वर्षीया लक्ष्मी नेपालीको मृत्यु भएको हो ।

पहिरोले पुरिएर घाइते भएकी नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

मृतक लक्ष्मी नेपालीको १४ वर्षीया छोरी सृष्टि नेपाली घाइते भई मणिपालमा उपचारपछि आज विहान अस्पतालबाट डिस्चार्ज भएको उनले बताए।

त्यस्तै, भारी वर्षाका कारण पोखराको भलाममा ३५ वर्षीय सुनमाया तामाङ र उनका श्रीमान कृष्ण श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठको ब्लकले बनेको घर पहिरोले पुरिँदा घाइते भएका श्रेष्ठको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनकी पत्नी ३५ वर्षीया सुनमाया तामाङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा परी घाइते भएका श्रेष्ठका ९ वर्षिय छोरा राजकुमार श्रेष्ठको मणिपालमा उपचार भइरहेको छ ।

त्यस्तै, घटनामा परेर श्रेष्ठका अर्का ३ वर्षका छोरा सन्तोष श्रेष्ठ वेपत्ता छन् । वेपत्ता भएका बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...

राजनीतिक दलका नेतृत्व भन्दा नेतृत्व मान्नेलाई फेरौँ ।

राजनीतिक दलका नेतृत्व भन्दा नेतृत्व मान्नेलाई फेरौँ । नेपाली राजानीतिक पार्टीका नेतृत्व फेरिनु पर्छ भनेर उनिहरुको कार्य शैली माथि बेलाबखत प्रश्न उठिरहन्थ्यो । पार्टीमा आवद्ध...

गोपाल गिरी (माईला महाराज) एक धार्मिक तथा सामाजिक रुपान्तरणका अभियानता ।

कुश्मा नगरपालिका वडा ७ रोहोटे निवासी गोपाल गिरी एक धार्मिक तथा सामाजि रुपान्तरणका अभियानता हुन । उनलाई समाजमा जरा गाडेर बसेको जातिय विभेदलाई आफ्नो...

गण्डकी प्रदेशका ७ निर्देशनालय खारेज ।

गण्डकी प्रदेशका ७ वटा निर्देशनालय खारेज गरिएको छ । हाल प्रदेशमा पर्यटन, कृषि, पशुपन्छी, पूर्वाधार, वन, शिक्षा र स्वास्थ्य मन्त्रालय अन्तर्गत निर्देशनालय थिए ।...

पर्वतमा उद्यमशील वातावरण बनाउनका उत्पादन प्रवर्द्धन अभियान र ई-पत्रिकाको सुरुवात ।

पर्वतमा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि उद्योगी व्यवसायी समुदायका तर्फबाट आफ्नै संगठित प्रयासको आवश्यकता माथि जोड दिईएको छ । राज्य तहबाट उद्य ोग...

६ जना एआइजी बढुवा सिफारिस, को कहाँ पुगे ?

बिहीबार बसेको गृह मन्त्रालयको बढुवा सिफारिस सचिवालयले ६ जनालाई एआइजीमा बढुवा गरेको छ । ६ जन प्रहरी नायब महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरिएको...