24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

युकेएड सीप र रोजगारी सर्भिसेस द्वारा “अब देशमै छ रोजगारी” अभियान आधिकारिक रूपमा सुरूवात !

शेयर गर्नुहोस्

३० जुलाईमा आयोजित एक भर्चुअल कार्यक्रममा माननीय अर्थमन्त्री डा. युवराज खतिवडा ले आधिकारिक रूपमा “अब देशमै छ रोजगारी” अभियान प्रवर्तन गर्नुभयो। सो कार्यक्रममा प्रमुख उद्योगपतिहरू, स्किलिङ इकोसिस्टम सरोकारवाला, दाताहरु, मिडिया तथा नागरिक समाज प्रतिनिधिहरूको सहभागिता रहेको थियो। रोजगारी सर्भिस र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा यो अभियान प्रवासी पुनरागमनहरु र अन्य आर्थिक रुपले वञ्चित, समाजिक बहिष्कृत समूहहरुको जीवनयापन आवश्यकताहरुको प्रतिकृया दिन यो अभियान थालिएको हो । युकेएड सीप र रोजगारी सर्भिसले रोजगार अवसर, उद्यमशीलता बढाउन र माइग्रेसनको अनुकूलन गरी उद्योग र आर्थिक बृद्धि गर्नका लागि काम गरिरहेको छ। यस अभियान मार्फत युकेएड सीप र रोजगारी सर्भिसले विभिन्न सरोकारवालासँगको साझेदारीले नेपालको मानव संसाधनमार्फत रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पुर्याउने छ।

अभियानको लोगो र नारा सार्वजनिक गर्दै मन्त्री खतिवडाले भने, ‘म विश्वस्त छु कि यस्ता बजार नेतृत्वका पहलहरुले गति लिन पाउँनेछन र सफलतापूर्वक सरकार, निजी क्षेत्र, नागरिक समाज, स्किलिंग पार्टनर, मिडिया र हाम्रा विकास पार्टनरबीच परिकल्पना गरिएको सहकार्य निमार्ण गर्नेछ ।’ उनले रोजगारी सृजना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण भएको र सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीतिहरु ल्याइरहेको उनले बताए।

कोभिड—१९ ले गर्दा अर्को वर्ष मात्र लगभग ७ लाख नेपाली वैदेशिक कामदारहरुले रोजगारी गुमाएर स्वदेश फर्किने अनुमान गरिएको छ। यसले निम्त्याउने बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाख भन्दा बढि रोजगारी सृजना गर्नु आवश्यक छ। “यदि समयमै यो संकटलाई जवाफ दिन हामी सक्षम भएनौ भने यसले सबै क्षेत्रमा प्रतिकुल लहर झल्काउन सक्छ र हालका दशकमा मिहिनेतले हासिल गरेको प्रगतिलाई उल्ट्याउन सक्छ, यो समयमा हाम्रो लक्ष्य भनेको यो सुनिश्चित गर्नु हो कि हामी नेपालको मानवीय पूंजी उठाउन सथै नेपालीहरुको जीवन र आजीविकाको रक्षा गर्न हामी सक्षम छौं। ” युकेएड सीपका टिम लिडर बलजीत बोहोराले बताउनुभयो।

रोजगारी सर्भिसले आफ्नो वेबसाइट, मोबाइल एपलिकेसन, सामाजिक सञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसल प्रयोग गरेर पञ्जीकृत प्रवासी पुनरागमनलाई उचित स्कुलिङ, रोजगारी वा स्वरोजगारीका मार्ग जडान गर्न र सुविधा पुर्याउन सहकार्य गर्नेछ। “अब देशमै छ रोजगारी अभियान र युकेएड सीपलगायत सरोकारवालासँगको साझेदारीले नेपालको मानव संसाधनमार्फत रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पुर्याउने कुरामा हामी विश्वस्त छौं।”, रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्रराज गिरीले बताउनुभयो।

सोहि कार्यक्रमा बोल्दै श्रीनगर एग्रो फार्मकी सञ्चालक तथा प्यानलिस्टह मौसमी श्रेष्ठले नेपालमा पर्याप्त रोजगारी र उद्यमशीलता सम्भावना रहेको बताउनुभयो । “म घरेलु रोजगार पदोन्नतिमा ध्यान केन्द्रित भएकोमा एक्दमै खुशी छु।”, उहाँले भन्नुभयो । कार्यक्रममा अन्य प्रमुख प्यानलिस्टहरू तथा उद्योगीहरु पवन गोल्यान, विष्णु अग्रवाल, रचना थापा र शेखर गोल्छाले देशमा स्किलिंग, रोजगारी सृजना र उद्यमशीलताका लागि उद्योग नेतृत्व सहलगानी मोडल र सहकार्यको महत्वमाथि प्रकाश पारेका थिए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...