24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

कसरी गर्ने लोकसेवाको तयारी?

शेयर गर्नुहोस्

जानकारी:

निजामती सेवा प्रतिस्पर्धी बन्दै गएको छ। थोरै संख्यामा खुलेका पदका लागि कैयौं गुणा बढी आवेदन परेबाटै थाहा हुन्छ कि सरकारी सेवामा प्रवेश गर्न चाहनेहरूको संख्या चुलिँदै छ। विश्वविद्यालयको परीक्षामा विशिष्ठ श्रेणी हासिल गरेकाहरूले समेत राजपत्रअनंकित तथा श्रेणीविहीनसम्मका पदमा आवेदन गरेबाटै पुष्टि हुन्छ, लोकसेवाको परीक्षा निकै प्रतिस्पर्धी बन्दैछ। प्रतिस्पर्धाको यो जमानामा हजारौं प्रतियोगीबीच आफूलाई योग्य सावित गर्दै छनोट हुन कडा मेहनत त आवश्यक पर्छ नै, त्यस्तो मेहनत सही किसिमबाट पनि हुनु आवश्यक छ। यसको अर्थ परीक्षाको तयारीका लागि परम्परागत किताब घोकाइभन्दा सिकाइका अन्य टुल्ससमेत उपयोग गर्नु र ज्ञानको भण्डार एवं लेखनशैलीलाई व्यापक तथा परिष्कृत बनाउनुपर्छ भन्ने नै हो।

तयारीका टिप्स:

लोकसेवा भनेको लक (भाग्य) र घोक (कण्ठ गर्ने) सेवा हो भन्ने भनाइ प्रचलित नै छ। जसले घोक्न सक्यो र जसलाई भाग्यले साथदियो उसैले लोकसेवामा नाम निकाल्न सक्छ। हुनत: भाग्य भन्ने कुरा अमूर्त हुन्छ तर कण्ठस्थ पार्ने कुरा भने लोकसेवाको परीक्षामा धेरै हदसम्म अपरिहार्य नै मानिन्छ। यद्यपि घोक र लकको संयोजन हुँदैमा नाम निस्किहाल्छ भन्ने पनि छैन। कतिपय अवस्थामा घोकेको कुरा भन्दा मौलिक ज्ञानको आवश्यकता हुन्छ।

लोकसेवाको परीक्षामा हरेक पदमा केही त्यस्ता प्रश्न हुन्छन् जसले मौलिक उत्तर खोज्छन्। त्यस्ता प्रश्नको सही र सटीक उत्तर त्यसले मात्र दिन सक्छ जसले किताबी ज्ञानका साथै अन्य बाह्य ज्ञान पनि सँगालेको छ। मौलिक लेखाइ, विषयको गहिराइसम्म पुग्नसक्ने क्षमता, भाषिक शुद्धता, उत्तरको संरचनाजस्ता कुरा लोकसेवाको परीक्षामा उत्तीर्ण हुने पूर्वसर्त हुन्। त्यसैले किताब हुबहु घोक्दैमा उत्तीर्ण भइन्छ भन्ने छैन।

संविधान तथा ऐन कानुनका प्रावधान, विज्ञका परिभाषा तथा भनाइ आदिलाई भने सकेसम्म घोकेरै हुबहू उतार्नु राम्रो हुन्छ। विषयवस्तु अध्ययन गर्दा बुझ्दै घोक्नु पर्छ। अर्थ नबुझी घोकेको कुरा छिटो बिर्सने मात्र होइन, त्यसलाई सामयिक रूपमा प्रस्तुत गर्न पनि सकिँदैन।

बजारमा धेरै थरी लेखकका धेरै थरीका पुस्तक उपलब्ध छन्। कतिपय पुस्तकमा एउटै विषयका फरक-फरक तथ्य तथा तथ्यांक भेटिन्छ। यस्तोमा कुन सही? भन्ने कुरामा द्विविधा हुन सक्छ। त्यसैले एउटै पुस्तकमा मात्र आधारित नभै एउटै विषयका दुई-तीनवटा पुस्तक संकलन गरी अध्ययन गर्नुपर्छ। अध्ययनका क्रममा टिपोट पनि गर्नुपर्छ। दुई-तीनवटा पुस्तक अध्ययन गरी नोट बनाउँदा धेरै कुरा समेटिन्छ र परीक्षाका बेला उक्त नोट अध्ययन गर्नु निकै लाभदायक सिद्ध हुन्छ। परीक्षाका बेला सबै पुस्तक पढ्न असम्भव मात्र होइन, व्यावहारिक पनि हुँदैन। आफैंले तयार पारेको, विरोधाभाष नहुने, विभिन्न पुस्तक तथा अन्य सामग्री अध्ययन गरी बनाइएको नोट पढ्दा स्मरण गर्न सजिलो हुनुका साथै परीक्षामा सोधिने प्रश्नको उत्तर लेख्न पनि सहज हुन्छ भने उत्तर पनि बढी गहकिलो बन्छ। त्यसैले लोकसेवाको परीक्षाका लागि तयारी गर्दा किताब घोक्नुको साटो नोट बनाएर पढ्नु आवश्यक हुन्छ।

वस्तुगत प्रश्नको तयारीका लागि पाठ्यपुस्तक पढ्नुु मात्र पर्याप्त हुँदैन। त्यसका लागि बजारमा निस्कने विभिन्न सूचना तथा समाचारमूलक अझ लोकसेवाकै परीक्षालाई केन्दि्रत गरेर प्रकाशन गरिएका पुस्तक तथा पत्र-पत्रिकाहरू नियमित अध्ययन गर्नु राम्रो हुन्छ। त्यसका साथै नियमित रूपमा पत्रिका पढ्नु तथा समाचार सुन्नुका साथै महत्वपूर्ण घटनाक्रमको टिपोट डायरी बनाउनुपर्छ।

लोकसेवाआयोग, सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजनाआयोग तथा अन्य सरकारी निकायका वेबसाइट नियमित रूपमा हेर्नुपर्छ। ती वेबसाइटमा राखिने सूचना, विभिन्न प्रतिवेदन एवं निजामती सेवा तथा प्रशासन र कर्मचारी तन्त्र, आर्थिक विषय, वातावरण आदि विषयका लेखरचना समावेश गरिएका प्रकाशनहरू डाउनलोड गरी नि:शुल्क पढ्न पाइन्छ। यस्ता लेखरचना स्तरीय हुनुका साथै सामयिक तथा अप टु डेट हुने भएकाले त्यसले पाठ्यपुस्तकमा समेटिन नसकेका विषयमा जानकारी प्रदान गर्नुका साथै थप ज्ञान हासिल गर्न सहयोग पुर्‍याउँछन्।

लोकसेवा आयोगका नयाँ पाठ्यक्रममा बौद्धिक परीक्षणका प्रश्न (आईक्यू) लाई निकै महत्व दिइएको छ रसफलता हात पार्न आईक्यू प्रश्नहरू धेरै हदसम्म निर्णायक बन्ने गरेका छन्। आईक्यूमा आफूलाई अब्बल साबित गर्न घोकाइभन्दा अभ्यास बढी महत्वपूर्ण हुन्छ। कतिपय आईक्यूलाई निश्चित नियम तथा सूत्र प्रयोग गरी हल गर्नुपर्ने हुन्छ भने कतिपयमा तर्क लगाउनुपर्ने हुन्छ। त्यसैले आईक्यूको अभ्यास गर्दा त्यस्ता हरेक प्रकारका प्रश्न हल गर्ने प्रयास गर्नुपर्छ र सूत्र तथा नियमहरू सम्झना गर्नुपर्छ। बौद्धिक परीक्षणका प्रश्नहरूको प्रकार र ती प्रश्न हल गर्ने विधिको सूची बनाउनुपर्छ।

खरिदार परीक्षामा गणित र विज्ञान विषय पनि समावेश भएकाले त्यसको तयारीका लागि खरिदारको पाठ्यपुस्तक पढ्नु मात्र पर्याप्त हुँदैन। विद्यालय तहको कक्षा ९ र १० को गणित र विज्ञान विषयको पाठ्यपुस्तकसमेत गहन रूपमा अध्ययन गर्नुपर्ने हुन्छ। विज्ञानमा धेरै विषय कण्ठ गर्ने खालका हुने भए पनि गणितमा भने पर्याप्त अभ्यासको खाँचो हुन्छ। त्यसमा निश्चित अंकगणीतिय सूत्र तथा नियमहरू घोक्नैपर्ने हुन्छ।

सामान्य ज्ञान निकै बृहत् तथा जटिलसमेत हुने भएकाले कुनै एउटा पुस्तकको अध्ययन मात्र पर्याप्त हुँदैन। नयाँभन्दा नयाँ तथा समसामयिक र बहुआयामिक जानकारी प्राप्त गर्न विभिन्न पुस्तक, पत्रपत्रिका तथा सञ्चारमाध्यमका सामग्रीहरू अध्ययन गर्नुका साथै वेबसाइटहरू हेर्नुपर्छ। हिजोआज लोकसेवा तयारीका लागि भन्दै विभिन्न अनलाइन साइट पनि निर्माण भएका छन्। विभिन्न नामका वेबसाइट, ब्लग तथा सामाजिक सञ्जालमा फेसबुक पेजहरूसमेत लोकसेवा तयारी गर्नेहरूका लागि लक्षित गर्दै खोलिएका छन्। त्यस्ता साइटमा उपलब्ध हुने सामग्रीहरू नवीनतम हुने तथा सहज रूपमा नि:शुल्क अध्ययन गर्न पाइने हुँदा लोकसेवा तयारीका लागि निकै उपयुक्त सावित हुनसक्छन्। कतिपय साइटमा त अनलाइनबाटै लोकसेवाको विषयगत तथा वस्तुगत अभ्यास गर्न सकिने र पृष्ठपोषणसमेत प्राप्त हुने व्यवस्था छ। लोकसेवाको तयारीसम्बन्धी विभिन्न फेसबुक पेजमा लाइक गर्ने हो भने मात्र पनि केही हदसम्म लोकसेवा तयारी गर्न सकिन्छ। यद्यपि यस्ता साइटमा राखिने कतिपय सामग्री तथा तथ्यांक आधिकारिक नहुन सक्छन्। श्रोत:लर्नविथकेपी.कम

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...