सफलहुनेचाहनाकसलाईपोनहोलाररुतर, सफलहुनेअभिलासामाहामीकहिलेकाहीा अनावश्यक काम गर्न पनि पछि पर्दैनौ।सफल हुने चाहना राख्ने व्यक्तिले भने अनेक इच्छा पाल्दैनन्।सफलव्यक्तिमा हुने केही गुणहरु।
“फिडब्याक” पर्खंंदैनन्
सफलता चाहने व्यक्तिलाई ‘फिडब्याक’ कुर्न कुनै समय नै हुँदैन । उनीहरू आफ्नो काम लागातार गरिरहन्छन् । समयमा काम सक्ने हतारो उनीहरूमा हुन्छ । उनीहरू हाकिमले बधाई दिओस् भनेर समय खर्चंदैनन् । नयाँ काम सुरु गरिहाल्छन् ।
“क्रेडिट” खोज्दैनन्
सफल व्यक्तिहरूको अर्को गुण हो– उनीहरू तत्काल ‘क्रेडिट’ खोज्दैनन्।आफ्नो काम पूरा गर्ने मात्रउनीहरूको लक्ष्य हुन्छ।राम्रो कामका लागि उनीहरू तत्काल प्रशंसा पनि चाहँदैनन् र कामको श्रेय आफूमात्र पनि लिन चाहँदैनन्। सफल व्यक्तिहरू ‘टिम वर्क’ मा विश्वास गर्छन्, त्यसैलाई सफलताको श्रेयमान्छन्।
प्रतिबद्धतातोड्दैनन्
आफूले गरेको प्रतिबद्धता नतोड्नु पनि सफल मानिसको गुण हो। बरु, सफल मानिसहरू असफल हुने प्रतिबद्धता नै बनाउँदैनन्, उनीहरूले गरेको वाचा पूरा गरेरै छाड्छन्। यही कारण उनीहरूले विश्वास जित्छन्।
कामबाटपछिहट्दैनन्
सफल व्यक्तिहरू आफूलाई सधैँ व्यस्त राख्न चाहन्छन्। आफ्नो कामलाई रमाइलोसाथ गर्नु नै सफलव्यक्तिको गुण हो। उनीहरू कामबारे गुनासो गर्दैनन्, काम गर्नु नै उत्सव मनाउनु होजस्तै गर्छन्।
ईष्र्यागर्दैनन्
वास्तविक विजेताहरू अरूको ईष्र्या गर्दैनन्।अरूको ईष्र्या गर्दा समय खर्च हुने उनीहरूलाई थाहा हुन्छ। त्यसैले उनीहरू आफ्नो काममा नै ध्यान दिन्छन्, अरूको ईष्र्या गरेर समय बिताउँदैनन्।
“मेरोकामहोइन” भन्दैनन्
सफल व्यक्तिहरूलाई आफ्नो कामबारे जानकारी त हुन्छ, तर उनीहरू आफ्नो काम होइन भन्ने बाहनाबनाएर कामबाट पन्छिन खोज्दैनन्।सफल व्यक्तिहरू ‘टिमवर्क’ मा विश्वास गर्ने भएकाले जस्तोसुकैपरिस्थितिमा पनि नयाँ काम सम्हाल्न तयार हुन्छन्।



