24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

स्याङ्जामा एक वर्षमै ८ मोटरेबल पुल

शेयर गर्नुहोस्

स्याङ्जा/ कोरोना कहरसँगै अधिकांश विकास निर्माणका क्षेत्रहरु ठप्प भइरहँदा स्याङ्जामा आर्थिक वर्ष ०७७/७८ मा ८ वटा मोटरेबल पुल बनेका छन् । गत आर्थिक वर्षमा सडक डिभिजन तथा पूर्वाधार विकास कार्यालयले ९ पुल बनाएकोमा यस वर्षमा एउटामात्र कम बनेको हो ।
यस आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयले ५ र सडकले ३ मोटरेबल पुल निर्माण गरेको हो । ६ वटा पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ५ वटा पुल निर्माण गरेको पूर्वाधार विकास कार्यालय स्याङ्जाले जनाएको छ ।

पूर्वाधारले पातीखोला, गौरीघाट, मान्के, क्याङ्दी र ठूलो खोला मोटरेबल पुल निर्माण गरेको हो भने सडक सहरेखोला, आँधीखोला र बाड्खोला पुल निर्माण गरेको हो । पूर्वाधारले आधिँखोला गाउँपालिका ५ र ६ पातीखोला जोड्ने मोटरेबल पुल २ करोड ३१ लाख ६८ हजार ७४७ रुपियाँ १३ पैसामा निर्माण भएको हो ।

२०७६ असोज १६ गते २०७७ असोज १७ गतेसम्म बनाइसक्ने गरी सम्झौता गरिएको थियो । २० मिटर लम्बाई रहेको पुल निषेधाज्ञाका कारण थप ६ महिना म्याद थपेर सिद्धबाबा निर्माण सेवाले पुल निर्माण गरेको हो ।

यस्तै गल्याङ नगरपालिका ७ मा १२ मिटर लामो मन्के खोला मोटरेबल पुल पूर्वाधारले निर्माण गरेको हो । एक करोड ३८ लाख ७१ हजार ८७ रुपैयाँ ४९ पैसामा ०७८ असार २१ भित्र सम्पन्न गर्नेगरी २०७७ असार २१ गते कोइराला राङखोला जेभीले सम्झौता गरेकोमा समय अगावै पुल निर्माण गरेको हो ।

चापाकोट नगरपालिका १ र १० जोड्ने आँधीघाटमा विवेक एन्ड कुबेर बिल्डर्स वालिङले २०७७ असार २९ गते मा सम्झौता गरेर काम अगाडि बढाएको थियो । २ करोड ३९ लाख ३३ हजार ६२३ रुपैयाँ ४२ पैसामा सम्झौता भएको १६.२० मिटर लम्बाइ भएको मोटरेबल पुल एक वर्षमा नै निर्माण गरेको हो ।

यस्तै फेदीखोला स्थानचौर मोटरेबल पुल शान्ति निर्माण सेवा काठमाडौंले ६ महिना समय थपेर निर्माण गरेर काम सकेको हो । ०७५ फागुन १५ गते १५ महिनामा काम सक्ने गरी काम थालेपनि कोरोनाका कारण म्याद थपेर काम सकिएको इन्जिनियर सृजना शर्माले जानकारी दिइन् । २५ मिटर लामो पुल २ करोड ३३ लाख २७ हजार ९३६ रुपैयाँ ६६ पैसामा निर्माण भएको हो ।

हरिनास गाउँपालिका र तनहुँको शुक्लागण्डकी गाउँपालिका जोड्ने क्याङ्दी खोला पुल ढोर पिर्दी साफे हरिनाश सडक अन्तर्गत निर्माण भएको हो । पूर्वाधार विकास कार्यालय अन्तर्गतको पुल गेल्डेन गुड बानियाँ जेभीले निर्माण गरेको पूर्वाधारका इन्जिनियर अनुप थापाले बताए ।
यस्तै, सहरेखेला पुल जिएसएननिर्माण सेवा पोखरा १७ ले २०६६ साल जेठ ८ गते डेढ वर्ष काम सक्ने गरी सम्झौता गरेकोममा निर्माण अवधिभन्दा ८ महिना निर्माण सकिएको हो । आँधीखोला गाउँपालिका १ र अर्जुन चौपारी गाउँपालिका ३ जोडने २५ मिटर लामो पुल ३ करोड ७ लाख रुपैयाँमा निर्माण भएको हो ।

यस्तै पुतलीबजार १ र १४ जोडने आँधीखोला छिपहटिया पुल एमएस रसुवा गजेन्द्र जेभीले निर्माण गरेको हो । २०७७ भदौ १५ गते सक्ने गरी काम अगाडि बढेकोमा ६ महिना पछाडि पुल निर्माण भएको हो । निर्माण कम्पनीले आँधीखोलाको सबैभन्दा ठूलो ३ स्पान रहेको पुल १४ करोड २० लाख ३८ हजार ९९५ रुपैयाँ ८४ पैसामा पुल निर्माण गरेको हो भने गजिन्द्र निर्माण सेवाले बाडखोला मोटरेबल पुल निर्माण गरेको हो ।

३० मिटर लामो पुल निर्माण कम्पनीले सम्झौता भएको डेढ वर्षमा २०७७ असोज ३० गते चार करोड २६ लाख ७६ हजार ९६१ रुपैयाँ ९६ पैसामा निर्माण गरेको छ । सडकको सेतीखोला पुल ८ वर्षबाट निर्माणधीन छ । पूर्वाधारले केवरे अर्जुन चौपारी, गौरीघा पुल गल्याङको काम अगाडि बढाएको छ । ६ वटा पुलको डिपीआर गरेर काम अगाडि बढाउने तयारी गरेको पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख लक्ष्मीप्रसाद भण्डारीले बताए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...