24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

विकास हाइड्रोपावरले करिब १४ करोडको आईपीओ निष्काशन गर्ने

शेयर गर्नुहोस्

विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँ को ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ । त्यस अनुसार कम्पनीको आईपीओ निष्काशन सम्बन्धी सम्पुर्ण कार्य प्रभु क्यापिटलले गर्नेछ ।

बिक्री प्रबन्न्धक नियुक्ति सम्बन्धी सम्झौता भाद्र ३१ गते बिहीबार सम्पन्न भएको हो । सम्झौता पत्रमा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थितमा छाखोला अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । ४.५५ मेगावाटक्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको जनाएको छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...