20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

बजेट खर्च र राजस्व संकलन दुवै बढ्यो, १८४ अर्ब आम्दानी हुँदा ८९ अर्ब खर्च

शेयर गर्नुहोस्

१ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिना (साउन–भदौ)मा बजेट खर्च र आम्दानी दुवैमा वृद्धि भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार दुई महिनाको अवधिमा राजस्व संकलन, अनुदान प्राप्ति र विविध स्रोतबाट सरकारले १ खर्ब ८४ अर्ब ७४ करोड ४५ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ ।

यस अवधिमा सरकारको खर्च भने ८९ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा यो वर्ष राजस्व संकलन र खर्च दुवैमा वृद्धि भएको देखिएको छ । गत वर्ष कोरोना महामारी कायम थियो ।

आर्थिक गतिविधि आंशिक रुपमा मात्र सञ्चालन भएको दुई महिनाको अवधिमा मात्र १०५ अर्ब रुपैयाँ राजस्व संलकन भएको थियो । चालु आवमा भने पहिलो दुई महिना सरकारले लक्ष्यको हाराहारीमै राजस्व संकलन गर्न सकेको छ ।

राजस्व संकलन करिब १५ प्रतिशत

दुई महिनाको अवधिमा सरकारले राजस्व संकलन लक्ष्यको करिब १५ प्रतिशत संकलन गरिसकेको छ । तथ्यांक अनुसार चालु आर्थिक वर्षमा सरकारको राजस्व संकलनको लक्ष्य ११ खर्ब ५१ अर्ब ६० करोड हो । यसमध्ये भदौ मसान्तसम्म १ खर्ब ६८ अर्ब ५७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यसमध्ये कर राजस्व १ खर्ब ४८ अर्ब ५६ करोड र गैर कर राजस्व २० अर्ब रुपैयाँ संकलन भएको छ ।

दुई महिनामा अनुदान प्राप्त भइसकेको छैन । विविधि प्राप्तिमा १६ अर्ब १६ करोड रुपैयाँ संकलन भएको छ । यसरी सरकारले दुई महिनामा १ खर्ब ८४ अर्ब ७४ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको हो ।

वित्तीय व्यवस्थातर्फ ठूलो प्रगति, पूँजीगत खर्च नगन्य

खर्चतर्फ पहिलो दुई महिनाको अवधिमा वित्तीय व्यवस्थातर्फ ठूलो खर्च भएको छ । तथ्यांक अनुसार दुई महिनाको अवधिमा २८ अर्ब ७३ करोड २३ लाख रुपैयाँ बजेट वित्तीय व्यवस्थामा भएको छ । यो वर्ष सरकारले वित्तीय व्यवस्थामा २ खर्ब ७ अर्ब रुपैयाँ बजेट खर्चको लक्ष्य राखेको छ । दुई महिनामा भएको खर्च १३.८२ प्रतिशत हो । यो अवधिमा कुल बजेट खर्च ८९ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ भएको छ । यसमध्ये चालुतर्फ ५८ अर्ब ५९ करोड ४८ लाख रुपैयाँ खर्च भएको छ । यो वर्ष सरकारले कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ खर्चको लक्ष्य राखेको छ ।

यसमध्ये चालुतर्फ १० खर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य छ । पूँजीगत खर्च सधैंझैं यो वर्ष पनि सुस्त शुरुवात भएको छ । दुई महिनामा मात्र २ अर्ब ६० करोड रुपैयाँ पूँजीगत खर्च भएको छ । यो लक्ष्यको ०.६ प्रतिशत हो । यो वर्ष सरकारले ४ खर्ब ३५ अर्ब २४ करोड रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको छ । यो सबै लक्ष्यको आँकडा अध्यादेशबाट आएको बजेटको हो । यो आँकडालाई वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत केही चलाएको छ । उक्त बजेट भने अझै पास भइसकेको छैन ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...