11.4 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन चैत २५ देखि २७ गतेसम्म

शेयर गर्नुहोस्

नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन आगामी चैतमा काठमाडौंमा हुने भएको छ। शुक्रबार काठमाडौंमा भएको संघको केन्द्री समितिको बैठकले आगामी चैत २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको हो ।

संघका केन्द्रीय सचिव हिमालय तिवारीका अनुसार बैठकले महाधिवेशन तयारीका लागि विभिन्न समिति समेत तोकेको छ ।शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको हलमा भएको बैठकमा नेकपा एमालेका सचिव एवं स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई, जनसंगठन समन्वय विभाग प्रमुख एवं पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपप्रमुख रचना खड्का लगायतको उपस्थिति थियो ।

संघको चौथो महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ। संघको तेस्रो अधिवेसनबाट भक्तिमान शुब्बा अध्यक्ष चुनिएका थिए। तर नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेसँगै शुब्बा एमाले छाडेर समाजवादी तर्फ लागेपछि संघको उपाध्यक्ष रामबहादुर चन्दले कार्याबाहाक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । संघ २०६२ जेठ २७ गते स्थापना भएको हो ।

संघको महाधिवेशन हरेक तीन वर्षमा हुनु पर्ने भएपनि यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा पार्टी बनेपछि समयमा भएको थिएन। तर नेकपा फुटेर एमाले, माओवादी र नेकपा एस बनेको छ । पछिल्लो राजनीतिक घटनाक्रमसँगै संघले पनि आफ्नो अधिवशेन गर्न लागेको हो ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...