20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन चैत २५ देखि २७ गतेसम्म

शेयर गर्नुहोस्

नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन आगामी चैतमा काठमाडौंमा हुने भएको छ। शुक्रबार काठमाडौंमा भएको संघको केन्द्री समितिको बैठकले आगामी चैत २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको हो ।

संघका केन्द्रीय सचिव हिमालय तिवारीका अनुसार बैठकले महाधिवेशन तयारीका लागि विभिन्न समिति समेत तोकेको छ ।शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको हलमा भएको बैठकमा नेकपा एमालेका सचिव एवं स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई, जनसंगठन समन्वय विभाग प्रमुख एवं पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपप्रमुख रचना खड्का लगायतको उपस्थिति थियो ।

संघको चौथो महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ। संघको तेस्रो अधिवेसनबाट भक्तिमान शुब्बा अध्यक्ष चुनिएका थिए। तर नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेसँगै शुब्बा एमाले छाडेर समाजवादी तर्फ लागेपछि संघको उपाध्यक्ष रामबहादुर चन्दले कार्याबाहाक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । संघ २०६२ जेठ २७ गते स्थापना भएको हो ।

संघको महाधिवेशन हरेक तीन वर्षमा हुनु पर्ने भएपनि यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा पार्टी बनेपछि समयमा भएको थिएन। तर नेकपा फुटेर एमाले, माओवादी र नेकपा एस बनेको छ । पछिल्लो राजनीतिक घटनाक्रमसँगै संघले पनि आफ्नो अधिवशेन गर्न लागेको हो ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...