स्पेस-एक्सका संस्थापक एलन मस्कले पनि युक्रेनलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
रुसको आक्रमणबाट युक्रेनको इन्टरनेटमा सेवामा क्षति पुगेपछि एलन मस्कले स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड युक्रेनमा सक्रिय बनाउने घोषणा गरेका हुन् ।
युक्रेनका उपप्रधानमन्त्रीले ट्वीटरमार्फत् एलन मस्कलाई ट्याग गरेर स्टारलिंक स्याटेलाइट सेवा दिन आग्रह गरेका थिए । त्यसको जवाफमा मस्कले स्टारलिंक स्याटेलाइट सेवा सक्रिय भइसकेको जनाएका छन् ।



