स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता निवेदन दिएका छन् ।
आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने समय दिएको थियो । आयोग स्रोतका अनुसार यो अवधिभित्र ८० दलले दर्ताका लागि निवेदन दिएका छन् ।आयोगबाट ११० दलले मान्यता पाएकामध्ये ८० दलले मात्रै स्थानीय चुनावमा भाग लिन दल दर्ता गरेका छन् ।
२०७९ वैशाख ३० मा स्थानीय तह निर्वाचन हुँदैछ । सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले तीव्र रूपमा काम अगाडि बढाइरहेको छ ।
संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ ।
दल दर्ताका लागि आएका निवेदन अध्ययन गरेर फागुन २३ भित्र आयोगले निर्णय गरी दर्ता भएका दलका नाम राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ ।आयोगमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपालगायत दलले दर्ता निवेदन दिएका छन् ।



