23.3 C
Nepal
Monday, October 26, 2026
सोमवार, कार्तिक १०, २०८३
Monday, October 26, 2026
spot_img

काठमाण्डाैकाे फोहर व्यवस्थापन अझै भएन

शेयर गर्नुहोस्

पाँच दिनदेखि नियमित रूपमा काठमाण्डाै उपत्यकाको फोहर व्यवस्थपान हुन थाले पनि अझै धेरै ठाउँकाे फाेहर उस्तै छ ।

१२ दिनसम्म उठ्न नसकेको फोहर यही फागुन १२ गतेदेखि विसर्जन हुन थाले पनि अझै सडक किनारमा थुपारिएको फोहर काठमाण्डाै महानगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन । यसको प्रत्यक्ष असर यातायात आवागमनमा र पैदल यात्रीलाई परेको छ । अहिलेसम्म कामपाको कालिमाटी, टङ्केश्वर चोक र डल्लु पुलमा थुपारिएको फोहर विसर्जन हुन सकेको छैन । लामो समयसम्म एकै ठाउँमा फोहर रहँदा दुर्गन्ध फैलिएर थप समस्या भएको छ ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईले अहिले नियमित रूपमा फोहर व्यवस्थापन भए पनि लामो समयसम्म फोहर थुप्रिएकाले समस्या भएको र अबको दुई दिनभित्र सबै ठाउँकाे फोहर व्यवस्थापन गरिने बताउनुभयो । स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाण्डाै उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन सकेको थिएन ।

अहिले फोहर विसर्जन गरिएको ठाउँ नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम सम्पन्न नगरेको भन्दै पासाङ ल्हामु राजमार्गका स्थानीयवासीले गरेको अवरोधका कारण फोहर उठ्न नसकेको हो । उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन योजना नबन्दा पटक–पटक समस्या उत्पन्न भएको राईको भनाइ छ ।

विसं २०७० देखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयवासीले आन्दोलन गरी फोहर विसर्जनमा अवरोध पुर्‍याउँदै आएका छन् । ‘यो विषयमा सङ्घीय सरकार संवेदनशील हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘समयमै बाटो निर्माण गर्न पहल गरिनुपर्छ ।’ अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन स्थल निर्माण गरिँदै छ । काठमाण्डाै उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटकाे सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । त्याे ठाउँ पनि भरिएपछि फोहर व्यवस्थापनमा समस्या भएको हो । उपत्यकाबाट दैनिक झन्डै एक हजार मेट्रिक टन फोहर निस्कन्छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...