20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

काठमाडौंमा लाखौ घरजग्गा एकैपटक विक्रीमा

शेयर गर्नुहोस्

यतिबेला काठमाडौं उपत्यकामा लगानीका हिसाबले खरीद गरिएका अधिकांस घरजग्गा विक्रीमा राखिएको छ ।

फागुनसम्ममा तरलता सहज हुने र चैतदेखि कारोबार बढ्ने अपेक्षा गरेका व्यवसायीहरूले तत्काल मन्दी सकिने सम्भावना नदेखेपछि एकै पटक लाखौको संख्यामा घरजग्गा विक्रीका लागि राखेको जग्गा व्यवसायीहरूले बताएका छन् ।

खरीद मूल्यमै विक्रीमा छन् हजारौ प्रोपर्टी
काठमाडौंका घरजग्गा व्यवसायी माधव पौडेल अहिले विक्रीमा आउने प्रोपर्टीहरू खरीद मूल्यकै वरिपरी रहेको बताउँछन् । तर मन्दी लम्बिदै गयो भने मूल्य घटेर बेच्नुपर्ने सम्भावना पनि रहेको उनको भनाइ छ ।

भनेको मूल्यमा जग्गा विक्री नहुँदा २/३ महिना सरसापट गरेरै बैंकको ब्याज तिरिरहेका व्यवसायीहरू यतिबेला भने बढेको ब्याजदर तिर्नुभन्दा १/२ लाख रुपैयाँ घटेरै भएपनि बेचेर तनाव मुक्त हुन चाहन्छन् ।

‘२ वर्ष अघिनै प्रतिकठ्ठा १५ लाख रुपैयाँमा बेच्न खोजेको जग्गा अहिलपनि १५ लाखका दरले नै विक्रीमा राखेको छु ।’ धनगढीका स्थानीय प्रेम शाहीले भने, ‘चैत्रभित्र पनि विक्री नभएपछि बैशाखमा त १३/१४ लाख रुपैयाँमै किन्ने मान्छे पाएपनि बेच्ने योजना छ ।’

अहिले देशभर जग्गाको किनबेच ठप्प जस्तै छ । ५ प्रतिशत ब्याजदरमा ऋण पाउँदा जग्गामा हालेका लाखौ व्यक्तिहरू यतिबेला १५ प्रतिशत सम्म ब्याजमा परेका छन् । यसै कारण उनीहरू जेजति मूल्य पाएपनि धेरै घाटा नहुने गरि जग्गा बेच्न चाहन्छन् ।

सेफ ल्याण्डिङ खोजेको हुन सक्छन्
नेपाल रियल इस्टेट अर्गनाइजेशन (एनरियो)का सचिव हमिद खानले पछिल्लो केही दिनमा धेरै घरजग्गा विक्रीमा आएको बताए ।

अहिले ऋणमा रहेका व्यवसायीहरूलाई ब्याज तिर्ने पैसा जुटाउन हम्मे हम्मे छ । सेयर बजार पनि घटेको र सापटी पनि पाउने अवस्था नरहेपछि जग्गै विक्रीमा राखेको हुन सक्ने एक व्यवसायीले बताए ।

अहिले घरजग्गा क्षेत्र दुर्घटनाको मुखैमा पुगेपनि नराम्रा कुरा सुनिएको छैन । तर यस्तै अवस्था रहिरह्यो भने भोलि उठ्नै नसक्ने गरि टाट पल्टिने सम्भावना पनि छ । त्यसकारण बेलैमा जग्गा बेचिहालौ भन्ने सोचले एकै पटक धेरै जग्गा विक्रीमा राखिएको हुन सक्ने उनले बताए ।

राष्ट्र बैंकको कडाइपछि व्यवसायीहरूले बाहिरबाट सामान आयात गर्न आफैले पैसा खोज्नुपर्ने भयो । सेयर बजार पनि घटेको घट्यै भएको छ । ब्याज तिर्नको लागि कतैबाट पनि पैसा पाउने अवस्था नरहेपछि धेरै घरजग्गा विक्रीमा आएको हुन सक्ने उनले बताए ।

घरजग्गा व्यवसायीहरूका अनुसार यतिबेला काठमाडौमा चक्रपथ भित्र बाहिर जताततै जग्गा विक्रीमा आएका छन् । ठूला देखि साना प्लट सम्म विक्रीमा आएका छन् । कारोबारको अवस्थामा भने सुधार नआएको उनीहरूको भनाइ छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...