8.6 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

जेलेन्स्कीको चेतावनी : पुटिनसँगको वार्ता विफल भए तेस्रो विश्वयुद्ध हुनेछ

शेयर गर्नुहोस्

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको वार्ता सफल नभए तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका छन् । सिएनएन टेलिभिजनसँगको कुराकानीमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको प्रत्यक्ष कुरा असफल भए तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका हुन् ।

रुसी राष्ट्रपति पुटिनसँगको वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले चेतावनी दिए । ‘म पुटिनसँग वार्ताका लागि तयार छु । म दुई वर्षयता त्यसका लागि तयार नै थिएँ । मलाई लाग्छ, हामीले वार्ताबिना यो युद्ध अन्त्य गर्न सक्दैनौं । सहमतिका लागि हामीले कुनै पनि ढाँचा अवलम्बन गर्न सक्छौं । यदि, यो असफल भए तेस्रो विश्वयुद्ध हुनेछ,’ जेलेन्स्कीले भने ।

उनले जारी लडाइँ अन्त्य गर्ने एउटै बाटो भनेको वार्ताहरू भएको उल्लेख पनि गरे । ‘मलाई लाग्छ सहमति गर्ने सम्भावना पहिल्याउनका निम्ति जुनसुकै स्वरूप, अवसरको सदुपयोग गर्नुपर्छ,’ जेलेन्स्कीले भने ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...