20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

तिलाहार जनजागरण अभियान नेपालको सातौं साधारणसभा उदघाटनसत्र सम्पन्न ।

शेयर गर्नुहोस्

तिलाहार जनजागरण अभियान नेपाल मोदी ६ तिलाहार पर्वतकोको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारणसभाका अवसरमा संस्थाले बृद्धबृद्धा सम्मान, बार्षिक कार्यपात्रो बिमोचन, दीर्घ रोगी, विपन्न परिवारलाई आर्थिक सहयोग, शैक्षिक सामाग्री वितरण लगायतका सामाजिक कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सांसद ललितकला गुरुङले संवोधन गर्दै जनजागरण अभियानले समाजमा गरेको सामाजिक कार्यहरूको प्रसंसा गर्दै आगामी दिनमा पनि सामाजिक रुपान्तरणमा आह्वान गरिन । संस्था लाई आफ्नो ठाउँबाट संधै साथ सहयोग र समर्थ रहने प्रतिबद्धता व्यक्त गरिन । उनले तिलाहारसंग सानैदेखि सम्बन्ध रहेको र माया गर्ने गाउँ रहेको सुनाउदै यो सम्बन्ध संधै रहने बाताइन । सांसद गुरुङले राजनीतिक विचार फरक हुन सक्छ तर संस्कार र चेतनाको राजनीति गर्नुपर्ने बताइन् । महिलाहरु समाजका संघ संस्था देखी राजनीतिक नेतृत्वमा समेत आउनुपर्नेमा जोड दिइन ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य मीना केशीले देश विदेशमा रहेका दाजुभाइको सक्रियता प्रयासले स्थापित तिलाहार जनजागरण अभियान गाउँठाउँको दुस्खको सहारा बनेको बताउँदै संस्था परिवारलाई बधाई दिईन । नेता केशीले यो संस्था सामाजको एउटा उदाहरणीय संस्थाका रूपमा बुझेको र आगामी दिनमा संस्थाका हरेक क्रियाकलापमा संगै रहदै आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन ।

त्यस्तै नेपाल प्रेस युनियन पर्वतका उपाध्यक्ष ठाकुर रसाईली, संस्थाका संस्थापक सल्लाहकार दिपेन्द्र जंग लामिछाने, नेपाली कांग्रेस तिलाहारका पार्टी सभापति लक्ष्मण श्रेष्ठ, प्रगतिशील लेख संघ पर्वतका अध्यक्ष किशोर पौडेल, ओम शान्ति पातिचौर शाखाका ब्राम्हकुमारी रिता, समाजसेवी राम काजी श्रेष्ठ, राजेन्द्र जंग लामिछाने, जित बहादुर लामिछाने, संस्थाका अन्लाईन उप संयोजक गोविन्द श्रेष्ठ, सदस्य अनन्त लामिछाने लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष बिकास लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष भरत लामिछाने र संचालन सचीव राजन लामिछानेले गरेका थिए । संस्थाले सिग्र नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष विकास लामिछानेले बताए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...