7 C
Nepal
Friday, January 23, 2026
शुक्रबार, माघ ९, २०८२
Friday, January 23, 2026
spot_img

तिलाहार जनजागरण अभियान नेपालको सातौं साधारणसभा उदघाटनसत्र सम्पन्न ।

शेयर गर्नुहोस्

तिलाहार जनजागरण अभियान नेपाल मोदी ६ तिलाहार पर्वतकोको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारणसभाका अवसरमा संस्थाले बृद्धबृद्धा सम्मान, बार्षिक कार्यपात्रो बिमोचन, दीर्घ रोगी, विपन्न परिवारलाई आर्थिक सहयोग, शैक्षिक सामाग्री वितरण लगायतका सामाजिक कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सांसद ललितकला गुरुङले संवोधन गर्दै जनजागरण अभियानले समाजमा गरेको सामाजिक कार्यहरूको प्रसंसा गर्दै आगामी दिनमा पनि सामाजिक रुपान्तरणमा आह्वान गरिन । संस्था लाई आफ्नो ठाउँबाट संधै साथ सहयोग र समर्थ रहने प्रतिबद्धता व्यक्त गरिन । उनले तिलाहारसंग सानैदेखि सम्बन्ध रहेको र माया गर्ने गाउँ रहेको सुनाउदै यो सम्बन्ध संधै रहने बाताइन । सांसद गुरुङले राजनीतिक विचार फरक हुन सक्छ तर संस्कार र चेतनाको राजनीति गर्नुपर्ने बताइन् । महिलाहरु समाजका संघ संस्था देखी राजनीतिक नेतृत्वमा समेत आउनुपर्नेमा जोड दिइन ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य मीना केशीले देश विदेशमा रहेका दाजुभाइको सक्रियता प्रयासले स्थापित तिलाहार जनजागरण अभियान गाउँठाउँको दुस्खको सहारा बनेको बताउँदै संस्था परिवारलाई बधाई दिईन । नेता केशीले यो संस्था सामाजको एउटा उदाहरणीय संस्थाका रूपमा बुझेको र आगामी दिनमा संस्थाका हरेक क्रियाकलापमा संगै रहदै आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन ।

त्यस्तै नेपाल प्रेस युनियन पर्वतका उपाध्यक्ष ठाकुर रसाईली, संस्थाका संस्थापक सल्लाहकार दिपेन्द्र जंग लामिछाने, नेपाली कांग्रेस तिलाहारका पार्टी सभापति लक्ष्मण श्रेष्ठ, प्रगतिशील लेख संघ पर्वतका अध्यक्ष किशोर पौडेल, ओम शान्ति पातिचौर शाखाका ब्राम्हकुमारी रिता, समाजसेवी राम काजी श्रेष्ठ, राजेन्द्र जंग लामिछाने, जित बहादुर लामिछाने, संस्थाका अन्लाईन उप संयोजक गोविन्द श्रेष्ठ, सदस्य अनन्त लामिछाने लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष बिकास लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष भरत लामिछाने र संचालन सचीव राजन लामिछानेले गरेका थिए । संस्थाले सिग्र नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष विकास लामिछानेले बताए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...