20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

मोदीमा ‘स्वस्थ्य सचेतना’ सम्बन्धि नाटक प्रदर्शन, स्थानीयहरु खुसी । (तस्वीर सहित)

शेयर गर्नुहोस्
 मोदी गाउँपालिकाका ८ ओटै वडाका विभिन्न स्थानमा स्वास्थ्य, खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धि सडक नाटक प्रदर्शन भएको छ । गुड नेर्वस इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग तथा मोदी गाउँपालिका पर्वतको समन्वय र नवचेतना सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा नाटक संचालन भएको हो ।
नाटक अभिलेख मिडिया हाउस पर्वतको प्रस्तुतिमा प्रदर्शन थियो । असोज ६ गते बिहीबार क्याङ्ग र बाजुङ्गमा नाटक प्रदर्सन भयो । त्यस्तै शुक्रवार देउराली, देउपुर र भुक देउरालीमा नाटक प्रदर्शन भएको थियो । सनिवार राम्जा चित्रे र तिलाहारमा नाटक प्रदर्शन भएको थियो । मोदी गाउँपालिकाका सबैजसो वडामा नाटक प्रदर्सन भएको छ ।
मोदी गाउँपालिका अन्तरगत वडाका भिन्न स्वस्थ्य संस्था, विद्यालय, समुदायमा पायक पर्ने स्थानमा नाटक प्रदर्सन भएपश्चात नागरिकको प्रतिक्रिया बुझ्दा समुदाय स्तरमा स्वस्थ्य सचेतना सम्बन्धि गहिरो प्रभाव र सन्देश प्रभाह भएको नवचेतना सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष गोपाल दास पौडेलले बताए । वास फिट परियोजना अन्तर्गत नाटक प्रस्तुत भएको कार्यक्रम अधिकृत आशिष सुवेदीले जानकारी दिए । समुदायमा सरसफाइ, स्वच्छता, स्वस्थ्य खानेपानी तथा फोहोर व्यवस्थापन सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले नाटक प्रदर्शन गरिएको र उद्देश्य अनुसार समाजमा नाटकले गतिलो प्रभाव दिएको समेत सुवेदीको बुझाइ छ ।
हरेक वडामा नाटक प्रदर्शन पस्चात नागरिकबाट प्रतिक्रिया बुझ्दा नाटक प्रभावकारी, चेतना फैलाउने र स्वस्थ्य र सरसफाइमा आफ्नो बानी व्यवहारमा परिवर्तन ल्याउन सघाउ पुराएको बताए । सालिजा माध्यामिक विद्यालयमा अध्यनरत क्याङ्गका रिया तिलिजाले नाटक हरेपछि समाजमा सचेतना फैलाउन आफुलाइ उत्प्रेरित गरेको बताइन । उनले फोहोर व्यवस्थापन सम्बन्धि नाटकबाट राम्रो सन्देश पाएको र आफ्नो दैनिक जिवनमा लागु गर्ने सुनाइन् । त्यस्तै क्याङ्ग स्वस्थ्य चौकीका अहेव युवराज भुसालले कलाको माध्यमबाट मसिनो गरी स्वस्थ्य सचेतना दिदा समुदायमा राम्रो प्रभाव परेको बताए ।
महेन्द्र शिखरी माध्यमिक विद्यालय बाजुङ्गका शिक्षक मोहन बहादुर कुवरले नाटकले समुदायम घटने घटनालाई जस्ताको त्यस्तै उतारेर सन्देश प्रस्तुत गरेको सुनाए । उनले भने ‘समुदायमा हुने ससना कुराहरु नाटकमा समेटेर जुन सन्देश प्रवाह गरिएको छ यसले बालबालिका देखी आम नागरिकमा राम्रो चेतना दिएको छ ।’ उक्त विद्यालयमा अध्यनरत अक्षा क्षेत्रीले आफुले नाटकबाट धेरै कुरा सिकेको बताउदै सिकेका कुरा आफु लागु गर्दै परिवार र समाजमा चेतना फैलाउने बताइन् । बाजुङ्गका वार्ड अध्यक्ष मान बहादुर अधिकारीले मान्छेहरुलाइ यत्तिकै सामान्य तरिकाले भन्नु भन्दा यस्तै नाटकीय माध्यमबाट भन्दा बढी प्रभावकारी हुने नाटक हेरिसकेपछि आफ्नो बुझाइ रहेको सुनाए । उनले आम नागरिकमा नाटकले राम्रो स्वस्थ्य सचेतना दिएको बताए ।
देउरालीका स्थानीय खरबिर पुनले नाटकबाट धेरै कुरा सिकेको बताए । उनले भने ‘नाटकबाट धेरै कुरा बुझियो मैले छोराछोरे नातिनातिना र अरु सबैलाई आफुले सिकेका कुरा भन्छु ।’ देउरालीकै याम कुमारी पुनले नाटकबाट धेरै चेतना पाएको बताउंदै आउँदा दिनपनि यस्तै सचेतना फैलाउने नाटक ल्याउन आग्रह गरिन ।
देउपुरका वार्ड सदस्य शान्ति पौडेलले समाजमा हुंदैआएका सबै गतिविधिलाई समेटेर नाटकबाट राम्रो सन्देश प्रवाह गरिएकोले सबैमा चेतना आउने बताइन् । जननेत्र माध्यमिक विद्यालय देउपुरका सहायक प्रधानाध्यापक भुमिराज शर्माले कलाकारको जिवन्त प्रस्तुति मार्फत समाजमा स्वास्थ्यसंग जोडिएका अनेकन विषयमा चेतना प्रवाह गरेकाले आम नागरिकमा परिवर्तन आउने बताए । देउपुर स्वास्थ्य चौकीका प्रमुख लालिमाया श्रीसले समाजको लाइफ साइकल नै नाटकमा देख्दा मान्छेहरु पक्कै स्वस्थ्यप्रति संवेदनशील हुने विश्वास लिइन ।
भुकदेउराली माविमा अध्यानरत छात्रा सजिना विश्वकर्माकाले नाटक हेरेपछि आफुले धेरै कुरा बुझेको र सिकेका कुरा दैनिक जिवनमा लागु गर्ने सुनाइन् । भुकदेउरालीका स्वयंसेवीका चन्द्रवती गुरुङले स्वस्थ्य सचेतना फैलाउने नाटक प्रस्तुत गर्दा समाजमा राम्रो सन्देश प्रवाह भएकोमा खुसी व्यक्त गरिन । भुकदेउरालीका स्थानीय हरिमाया गुरुङले आफुले यस्तो नाटकिय प्रस्तुति मार्फत धेरै कुरा सिक्न बुझ्न पाएको सायद पहिलो अनुभव भन्दै सिकेका कुरा आफु परिवार र समाजमा लागु गर्ने बताइन् ।
राम्जाका स्थानीय सुर्यबहादुर क्षेत्री भन्छन् नाटकले समाजमा घटेका घटनालाई प्रस्तुत गर्दा नागरिकमा सहि सन्देश प्रवाह भएको छ । स्थानीय सविता नेपालीले पुरातन सोचलाई बदल्न र स्वस्थ्यप्रति सचेत रहन नाटकले महत्वोपुर्ण भुमिका खेलेको बताइन् । राम्जाठांटीका यदु गौतम भन्छन् ‘स्वस्थ्यको ख्याल् नगर्दा मान्छेहरुको अकालमा मृत्यु हुने गरेको परिस्थितिलाई गतिलो गरी चित्रण गरेकोले नाटक हेरेपछि आम मान्छेमा चेतना आए छ ।’
चित्रेका बुद्धि बहादुर विश्वकर्माले नाटक हेरेपछि आफुले स्वस्थ्य सरसफाइ सम्बन्धि धेरै कुरा सिकेको सुनाउदै जिवनमा व्यवहारीक बनाउने बताए । स्वस्थ्य संयमसेवीका पार्वती ढुंगानाले नाटक हेरेपछि स्वस्थ्य र सरसफाइमा चित्रेगाउँ अझै अंघि जाने विश्वास व्यक्त गरिन । स्थानीय सपना क्षेत्रीले नाटकले नागरिकमा धेरै चेतना दिएको बताइन् । उनले भनिन् ‘ जनमानसमा शुद्ध खानेपानी, स्वस्थ्य सरसफाइ र फोहोर व्यवस्थापन सम्बन्धि धेरै जानकारी दिएकाले मान्छेहरु सचेत रहन सघाउ पुगेको छ ।’
तिलाहारका वार्ड अध्यक्ष दिपेन्द्र जंग लामिछानेले स्वस्थ्य सरसफाइ जस्तो संवेदनशील कुरालाई नाटकीय माध्यमबाट प्रस्तुत गरी आम मान्छेलाई सचेत गराएकोमा आभार व्यक्त गरे । उनले नाटकले नागरिकमा राम्रो सन्देश दिएकोले आगामी दिनमा पनि यस्तै कार्यक्रम समुदायस्तरमा पुगेर प्रस्तुत गर्न आग्रह गरे ।
गुड नेर्वस इन्टरनेशनल नेपालका जनस्वस्थ्य प्रवन्धक रामनरेश यादवले नाटक अत्यन्तै सन्देशमुलक भएको बताए । तिलाहारमा नाटक प्रदर्शनको अवलोकन पश्चात् यादवले आफुहरुले वाल स्वस्थ्य, शुद्ध खानेपानी, सरसफाइ, फोहोर व्यवस्थापन, स्वच्छता लगायतका विषयमा नागरिकसंग नजिक रहेर काम गर्दै आएको जानकारी दिंदै स्वस्थ्य संग जोडिएका विषय अति महत्त्वपूर्ण हुनेभएकाले संवेदनशील हुनुपर्ने बताए । उनले स्वस्थ्य सचेतना सम्बन्धि नाटक असाध्यै प्रभावकारी रहेको बताउँदै समाजमा राम्रो सन्देश प्रवाह गर्ने समेत विश्वास व्यक्त गरे ।
शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...