20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

जाडो मौसममा कस्तो खानेकुरा खाने?

शेयर गर्नुहोस्

अहिले जाडो मौसमको सिद्धिन लागेको अवस्थामा छ । जाडो मौसममा राम्रोसंग खान जानिएन भने विविध समस्याले पिरोल्न सक्छ । स्वास्थ्य मानिसको सवैभन्दा ठूलो सम्पत्ति हो हामीले स्वास्थ्यप्रति सजग रहेर खानपिनमा ध्यान दिन सकेको खण्डमा सुनमा सुगन्ध थपिने छ । यो मौसममा हामीले अदुवा, काजु, पिस्ता र बदाम, आलस, बेसार,सुप, चिकेन सुप जस्ता बस्तु सेवन गर्न सक्छौ ।

यस्ता छन् जाडोमा खानेकुराहरु

१. अदुवा सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ । बहुऔषधिको गुण भएको अदुवाले शरीर दुखाइदेखि लिएर स्त्री रोगका विभिन्न समस्या समाधान गर्न मद्दत गर्छ । जाडो सुरु भएपछि तरकारीमा अदुवा राखेर खाने गर्नाले राम्रो फाइदा गर्दछ । जाडोमा त्यसै काँचो अदुवा बिहान र बेलुका सेवन गर्नुपर्छ ।

२. काजु,बदाम र पिस्ता दैनिक सेवन गर्नाले शरीरलाई तातो बनाइ राख्छ । अरू सामान्य अवस्थामा भन्दा जाडो सुरु भएपछि काजु, पिस्ता र बदाम बढी खान सकिन्छ ।

३. आलसलाई भुटेर पाउडर बनाउने र बिहान दूध वा पानीसँग तीनचार चम्चा खाने । खानामा पनि आलसलाई अचारका रूपमा प्रयोग गर्ने। बेलुका पनि दूध वा पानीसँग आलस खाने । आलसमा ‘ओमेगा थ्री फ्याट्टी एसिड’ हुन्छ, जसले शरीरलाई तातो बनाइ राख्छ ।

४. बेसारले पनि शरीरलाई तातो बनाउन सहयोग पुर्‍याउँछ । जसले गर्दा जाडो समयमा अन्य अवस्थामा भन्दा बढी बेसार खान सकिन्छ ।

५. जाडोमा सुप बनाएर खानुपर्छ । सबैभन्दा बढी भिटामिन र खनिजको मात्रा हुने तरकारी गोलभेँडा हो । त्यसैले जाडोमा गोलभेँडाको सुप बनाएर खान सकिन्छ । गोलभेँडाको सुपमा अदुवा र लसुनको मात्रा प्रशस्त राख्न सकिन्छ । यसरी बनाएको सुपले जाडोमा शरीरको तापक्रम सन्तुलित राख्न सहयोग पुग्छ ।

६. चिकेन सुपले शरीरलाई तातो दिन्छ । तपाई मांसाहारी हुनुहुन्छ भने जाडोमा चिकेन सुप बनाएर खान सक्नुहुन्छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...