8.6 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसहित ३ मन्त्रीले शपथ लिए ।

शेयर गर्नुहोस्

गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएपछि एमाले नेता खगराज अधिकारीले प्रदेशको औचित्य सावित गर्न प्रयास गर्ने बताएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्री नियुक्त गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अधिकारीले उक्त कुरा बताएका हुन् । ‘समृद्ध गण्डकी बनाउने कोसिसमा स्थानीय र संघीय सरकारमा समन्वय, सहकार्य गर्दै प्रदेशको औचित्य सावित गर्न कोसिस गर्छु,’ उनले भने ।

अधिकारीलाई एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरूङ ‘दीपक मनाङे’को समर्थन छ । गण्डकी प्रदेशमा ६० जना सांसद रहेकोमा सबभन्दा ठूलो दल नेपाली कांग्रेसको २७ जना सांसद छन् ।

अधिकारीसँगै एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई साथमा लिएर शपथ ग्रहण गरेका हुन् । उनीहरूको मन्त्रालय भने टुंगो लागेको छैन ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...