20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

झाडापखाला र हैजाबाट बच्ने उपाय ।

शेयर गर्नुहोस्

गर्मी तथा वर्षायाममा झाडापखाला, हैजालगायत रोगहरू फैलने सम्भावना उच्च हुन्छ । त्यसबाट जोगिनका विभिन्न सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले झाडापखाला, हैजालगायत पानीजन्य रोगहरूबाट बच्न स्वस्थ व्यवहार अपनाउन सुझाव दिएको छ ।

ध्यान दिनुपर्ने कुराहरु
– उमालेर वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिऔँ ।
– खानेपानीलाई सधैँ सफा भाँडामा ढाकेर राखौँ । सफा भाँडाले मात्र खानेपानी निकालौँ ।
– खानेकुरालाई राम्ररी पकाएर मात्र खाऔँ । सडेगलेको, बासी र झिँगा भन्केका खानेकुरा नखाऔँ । खानेकुरालाई सफा भाँडाले ढाकेर राखौँ ।
– खाना बनाउनुअघि, खाना खानु वा खुवाउनुअघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नुअघि, बाहिरी सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचीमिची हात धोऔँ ।
– साबुनपानी उपलब्ध नभएमा स्यानिटाइजर प्रयोग गरौँ ।
– दिसा–पिसाब चर्पीमा मात्र गरौँ र बालबालिकाको दिसा–पिसाबलाई पनि चर्पीमा नै फ्याकौँ ।
– झाडापखाला भइहालेमा तुरुन्त पुनर्जलीय झोलसँगै प्रशस्त मात्रामा पोसिलो झोलिलो खानेकुरा खाऔँ ।
हैजा तथा झाडापखालाका लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौँ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...