9.1 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

सचिव बिना नै चल्छन महाशिला पर्वतका वडाहरु ।

शेयर गर्नुहोस्

महाशिला गाउँपालिकाका वडाहरु लामो समयदेखी सचिव विना नै चल्ने गरेका छन । अहिले पालिकाले केहि वडामा सचिवको व्यवस्था गरेपनि अधिकांश वडामा सचिव छैनन् । सचिवकै जिम्मेवारीका कर्मचारी नहुँदा स्थानीयले बेलाबेला समस्या भोगेका छन् । कुनै एउटा क्षेत्रको कर्मचारीले फरक फाँटमा वडाको काम पनि गर्नुपर्दा आफुलाई लोड भएको कर्मचारीहरु सुनाउँछन् ।

माहाशिला गाउँपालिका वडा १ होश्राङ्दीमा २ महिना देखी उद्वव डुम्रे सचिवका रुपमा छन । त्यस अंघि खरदार प्रदिप रिजाल थिए ।

वडा २ भोग्सिङ्गमा ४ महिना देखि सचीवका रुपमा मदन थापा आएका छन । त्यो भन्दा अँघि स्वस्थ्य चौकीका अनमी बसन्ती गुरुङले हेर्थिन ।

वाड ३ बालाकोटमा १ बर्ष देखि गाउँपालिकाका स्वस्थ्य साहयक प्रमुख कृष्ण रानाले वडाको काम चलाएका छन ।

वडा ४ पाखापानीमा प्रकाश थापाले सचिवको काम चलाएका छन । उनी असिस्टेन्ट सब इन्जिनियर हुन ।

यता वडा ५ लुंखुदेउरालीमा ५ महिना देखी रामजी रेग्मी सचीवका रुपमा आएका छन । त्यो भन्दा पहिले गाउँपालिका स्वस्थ्य शाखा प्रमुख नर बहादुर बरालले वडा चलाएका थिए ।

वडा ६ फलामखानीमा ४ बर्षदेखि स्वस्थ्य चौकी प्रमुख राम दिनेश रावतले काम चलाएका छ्न ।

दरवन्दी कम भएकाले सबै वडामा सचिव पठाउन नसकिएको महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीलेले जानकारी दिए ।

कर्मचारी आउनै नमान्ने आएपनि छिट्टै सरुवा भएर अन्त जाने हुनाले महाशिलामा समस्या देखिएको गाउँपालिकाका प्रवक्ता कर्ण प्रताप गुरुङले बताए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...