पर्वत क्रिकेट संघको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रेशम केशीको अध्यक्ष, उपाध्यक्षमा सुजन शर्मा गौडेल, सचिवमा दिपेन्द्र शर्मा लामिछाने, कोषाध्यक्षमा अनिश श्रेष्ठ सहित ९ सदस्यीय समिति निर्वाचित भएका छन ।
कार्यक्रममा नव निर्वाचित समितीलाइ बधाइ ज्ञापन गर्दै क्रिकेट संघ गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रिय परिवेक्षक देवेन्द्र पराजुले खेल क्षेत्रको विकास संगै खेलाडीहरुमा एकता र भावनात्मक सम्बन्ध हुनुपर्ने बताए । प्रदेशका सबै जिल्ला र स्थानीय तह सम्म संघको विस्तार अर्दै जाने अभियानमा लागेको उनले सुनाए । कुश्मा नगरपालिका ५ का वडा अध्यक्ष रामहरी शर्माले जिल्लामा क्रिकेट खेलको विकास भएर खेल क्षेत्र र खेलाडीहरुको प्रबर्द्धन हुँदै गएकोमा खुसी व्यक्त गरे । अध्यक्ष शर्माले खेल क्षेत्र आफ्नो संधै सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा जिल्ला खेलकुद विकास समिती पर्वतका सदस्य भरत कुमार श्रेष्ठ, क्रिकेट संघ कास्कीका अध्यक्ष चन्द्रकान्त सिग्देल लगायतले बोलेका थिए ।
कार्यक्रममा धन्यवाद मन्तव्य गण्डकी प्रदेशका कोषाध्यक्ष प्रकास पौडेल क्रिकेट संघ पर्वतका अध्यक्ष रेशम केशीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष सुजन शर्मा पौडेलले गरेका थिए ।



