२०८० असार २९ । इनरह्वील कल्ब अफ पर्वतको ९औं पदास्थापन कार्यक्रम सम्पन्न भएको छ । पदस्थापनबाट मिना जोशी नयाँ अध्यक्षका रुपमा चयन भएकी छन । त्यस्तै कल्बको सचिवमा सुजाता विश्वकर्मा पौडेल चयन भएकी छन । कल्बका निवर्तमान अध्यक्ष खिममाया पाइजा गिरीले वर्तमान अध्यक्ष मिना जोशीलाई पद हस्तान्तरण गरिन । कल्बका अन्य पदाधिकारीहरु पनि सोही अनुसार चयन भएका छन । कार्यक्रमका अवसरमा असल गृहेणीका रुपमा उमा दमै र सफल महिला उद्धमीका रुपमा लक्ष्मी सुवेदीलाई जनही नगद ५ हजार रुपैयाँ र दोसल्लाले सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि क्लबका डिस्ट्रीक चियरमेन टुना थापा, रोटरी कल्ब अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईं लगायतले बोलेका थिए । इनरह्वील कल्ब अफ पर्वतका अध्यक्ष खिममाया पाईजा गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन सरिता शर्मालेको रहेको थियो ।
इनरह्वील कल्ब अफ पर्वतको ९औं पदास्थापन कार्यक्रम सम्पन्न।
शेयर गर्नुहोस्
शेयर गर्नुहोस्
अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



