नेपाली कांग्रेसका नेता नवराज गुरुङले कांग्रेसका महामन्त्री गगन थापालाई शेरबहादुर आफुमा फरक देखाउन आग्रह गरेका छन । उनले थापालाई शेरबहादुर र तपाईंमा फरक के हो ? भनेर प्रश्न गरेका छ्न । ‘शेरबहादुर देउवा जस्तै चाकरी गर्नेलाई अंघी बढाउने अवसरवादीलाई संरक्षण गर्ने र सानो गुटमा रमाउने भएपछि तपाईं र शेरबहादुर बिच फरक के भयो त ?’ नेता गुरुङले कडा प्रश्न गरे ।
नेता गुरुङले कांग्रेसको संगठनमा त्याग, दु:ख गरेका र क्षमता भएका कार्यकर्ताको सम्मान र संरक्षणमा ध्यान नदिएकोमा दुखेसो व्यक्त गरे । गुरुङले महामन्त्री बिजय भएपछि जुन उत्साह थियो सोअनुसार पार्टीमा काम गर्न नसकेको बताए । गुरुङले आफ्नो सम्बोधनमा उदाहरणनै दिएर गगन थापा पार्टी भन्दा गुटरिज्याइमा लागेको सुनाए ।
कार्यक्रममा बोल्ने सबै नेताले गगन थापाको प्रसंसा गर्दैगर्दा गुरुङले थापालाई कार्यक्रममै सिधा प्रश्न राखेका हुन । नवराज गुरुङ नेपाली कांग्रेस भित्र सिधा र खरो बोल्ने नेता हुन । उनी कांग्रेस भित्र राम्रो प्रभाव राख्छन ।
कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्न गगन थापा आइतबार पर्वत आएका थिए ।



