20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

राजधानी र स्थानीय भन्ने घेरा तोडेको गीत `आइजा न काल लिन मलाई´ (भिडियो सहित)

शेयर गर्नुहोस्

नेपाली मौलिक लोक लयका गीतसंगीतको रचना र गायनमा प्रख्यात प्रल्हाद सुवेदी, बशन्त थापा र आशिष अविरलको सहकार्यमा रहेको पन्चेबाजा गीत `आइज न काल लिन मलाईको´ अफिसियल भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा कलाकार अर्जुन थापाको टिमले काम गरेको छ । पर्वतमा रहेर नेपाली संचार माध्यममा १ दशक बढी सक्रिय थापा अभिनय र गायनमा पनि उत्तिकै क्रियाशिल छन । टेलिसिरियल, डकुमेन्ट्री, साना तथा ठुला दर्जनौं प्रोजेक्टमा काम गरेका अर्जुन थापाले यसपटक पन्चेबाजा गीतमा आफ्नो निर्देशनमा काम गरेका हुन । आफै अभिनय गरेका थापाले कथा यसरी बुनेका छन कि, जोकोहीको ध्यान अडिन्छ ।

यो भिडियोले नेपाली कला संगीत र साहित्यको गुणस्तर र सफलता केवल राजधानी केन्द्रित छ भन्नेको नजरियाको पर्दा उघार्न सहयोग गरेको छ । धौलागिरी क्षेत्रमा कलामा रमाएका कलाकारहरुले सिमित स्रोत र साधनमा तयार गरेको गीत ठुला सहरमा मोटो रकम र प्रविधिमा तयार गरे भन्दा कम देखिदैन । यो जुनकोही मोफसलमा कुदिरहेका कलाकारहरुलाई हौसला समेत हो ।

पर्वत सदरमुकाम कुश्मासंग जोडिएको चुवा गाउँ र आसपासका पर्यटकीय ठाउँमा छायांकन गरिएको गीत हो यो । कमजोरी तेर्साउने आँखाले हेर्दा हजार कम्जोरी होलान् । सकारात्मक नजर डुलाएर हेर्ने हो भने उत्तिकै राम्रा पक्ष र पाटाहरु छन । गीतले राजधानी नपुगेर पनि कला गलालाई संसार पुराउन चहाने संघर्षरत कलाकारहरुलाई उत्प्रेरित गर्छ नै राजधानी र स्थानीय भन्ने घेरा समेत तोडेको छ ।

भिडियोमा यसु भट्टराईले थापालाई लिड भुमिकामा साथ दिएकी छन । त्यो बाहेक गितमा महेस सुवेदी, पुजा कार्की, शालिग्राम विश्वकर्मा, देवी सुनाम, लगायत थुप्रै कलाकार र गाउँलेहरुको भुमिका देख्न सकिन्छ । भिडियोको छांयाकान कमल एलएक्सले गरेका छन, सम्पादन पनि कमलकै रहेको छ ।

प्रल्हाद सुवेदी र सुनिता बुढाक्षेत्रीको गायन रहेको गीतमा लोकप्रिय कलाकार बशन्त थापा र संगीत संयोजन आशिष अविरलको रहेको छ । नेपाली गीतसंगीत जगतमा एउटा छुट्टै फ्रेम बनाएका यी सर्जकहरुको सहकार्यमा बनेको गीतमा एउटा हृदय जोडीका प्रेमीहरुको वियोगान्त कथा छ ।

भिडियोलाई लिएर प्रल्हाद सुवेदी उत्साहीत छन । उनी भन्छन् `शव्द लेख्नेबेला जस्तो दृश्य सोचेको थिए त्यस्तै भिडियो तयार भएको छ ।बाँकी दर्शक श्रोताको विचमा छाडेका छौँ ।´

अडियोलाई न्याय गर्ने गरी भिडियोमा भरमग्दुर प्रयास गरिएको अर्जुन थापा सुनाउँछन ।

भिडियो प्रल्हाद सुवेदीको आफ्नै युट्युवबाट सार्वजनिक भएको छ ।
हेरौं भिडियो ।https://youtu.be/dsJm9Ff6AxA?si=PnCoVM47i_Bh5s0V

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...