11.4 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

राजधानी र स्थानीय भन्ने घेरा तोडेको गीत `आइजा न काल लिन मलाई´ (भिडियो सहित)

शेयर गर्नुहोस्

नेपाली मौलिक लोक लयका गीतसंगीतको रचना र गायनमा प्रख्यात प्रल्हाद सुवेदी, बशन्त थापा र आशिष अविरलको सहकार्यमा रहेको पन्चेबाजा गीत `आइज न काल लिन मलाईको´ अफिसियल भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा कलाकार अर्जुन थापाको टिमले काम गरेको छ । पर्वतमा रहेर नेपाली संचार माध्यममा १ दशक बढी सक्रिय थापा अभिनय र गायनमा पनि उत्तिकै क्रियाशिल छन । टेलिसिरियल, डकुमेन्ट्री, साना तथा ठुला दर्जनौं प्रोजेक्टमा काम गरेका अर्जुन थापाले यसपटक पन्चेबाजा गीतमा आफ्नो निर्देशनमा काम गरेका हुन । आफै अभिनय गरेका थापाले कथा यसरी बुनेका छन कि, जोकोहीको ध्यान अडिन्छ ।

यो भिडियोले नेपाली कला संगीत र साहित्यको गुणस्तर र सफलता केवल राजधानी केन्द्रित छ भन्नेको नजरियाको पर्दा उघार्न सहयोग गरेको छ । धौलागिरी क्षेत्रमा कलामा रमाएका कलाकारहरुले सिमित स्रोत र साधनमा तयार गरेको गीत ठुला सहरमा मोटो रकम र प्रविधिमा तयार गरे भन्दा कम देखिदैन । यो जुनकोही मोफसलमा कुदिरहेका कलाकारहरुलाई हौसला समेत हो ।

पर्वत सदरमुकाम कुश्मासंग जोडिएको चुवा गाउँ र आसपासका पर्यटकीय ठाउँमा छायांकन गरिएको गीत हो यो । कमजोरी तेर्साउने आँखाले हेर्दा हजार कम्जोरी होलान् । सकारात्मक नजर डुलाएर हेर्ने हो भने उत्तिकै राम्रा पक्ष र पाटाहरु छन । गीतले राजधानी नपुगेर पनि कला गलालाई संसार पुराउन चहाने संघर्षरत कलाकारहरुलाई उत्प्रेरित गर्छ नै राजधानी र स्थानीय भन्ने घेरा समेत तोडेको छ ।

भिडियोमा यसु भट्टराईले थापालाई लिड भुमिकामा साथ दिएकी छन । त्यो बाहेक गितमा महेस सुवेदी, पुजा कार्की, शालिग्राम विश्वकर्मा, देवी सुनाम, लगायत थुप्रै कलाकार र गाउँलेहरुको भुमिका देख्न सकिन्छ । भिडियोको छांयाकान कमल एलएक्सले गरेका छन, सम्पादन पनि कमलकै रहेको छ ।

प्रल्हाद सुवेदी र सुनिता बुढाक्षेत्रीको गायन रहेको गीतमा लोकप्रिय कलाकार बशन्त थापा र संगीत संयोजन आशिष अविरलको रहेको छ । नेपाली गीतसंगीत जगतमा एउटा छुट्टै फ्रेम बनाएका यी सर्जकहरुको सहकार्यमा बनेको गीतमा एउटा हृदय जोडीका प्रेमीहरुको वियोगान्त कथा छ ।

भिडियोलाई लिएर प्रल्हाद सुवेदी उत्साहीत छन । उनी भन्छन् `शव्द लेख्नेबेला जस्तो दृश्य सोचेको थिए त्यस्तै भिडियो तयार भएको छ ।बाँकी दर्शक श्रोताको विचमा छाडेका छौँ ।´

अडियोलाई न्याय गर्ने गरी भिडियोमा भरमग्दुर प्रयास गरिएको अर्जुन थापा सुनाउँछन ।

भिडियो प्रल्हाद सुवेदीको आफ्नै युट्युवबाट सार्वजनिक भएको छ ।
हेरौं भिडियो ।https://youtu.be/dsJm9Ff6AxA?si=PnCoVM47i_Bh5s0V

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...