20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

पर्वत जेसीजद्वारा `दिगो विकासका लागि युवा नेतृत्व विषयक वक्तृत्वकला सम्पन्न ।

शेयर गर्नुहोस्

पर्वत जेसीजको आयोजनामा `दिगो विकासका लागि युवा नेतृत्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा जिल्लाका सातवटा विद्यालयका विद्यार्थी सहभागी थिए । जसमध्ये प्रथम शिवालय क्याम्पसका सदिक्षा पोख्रेल भएकी छन । त्यस्तै विश्वज्योती माध्यमिक विद्यालयका शिव प्रसाद सुवेदी दोस्रो र कालीगण्डकी एकेडेमीका विनिसा क्षेत्रीले तेस्रो स्थानन हासिल गरेका छन । प्रथम दोस्रो र तेस्रो हुनेले क्रमश ५ हजार, ३ हजार २ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

पर्वतबाट प्रथम भएका प्रतियोगीले पोखरा जेसीजले आयोजना गरेको प्रत्योगितामा सहभागी हुने पर्वत जेसीजका अध्यक्ष मिलन पौडेलले जानकारी दिए ।

कार्यक्रममा कुश्मा नगरपालिका ४ वडा अध्यक्ष रामहरी शर्माले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई बाहिर प्रस्तुत गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । शर्माले सहभागीहरुलाई जितमा अनावश्यक हौसिन र पराजयमा निरासा नपाली अंघी बढ्न विद्यार्थीहरुलाई आग्रह गरे ।

Screenshot

कार्यक्रममा पर्वत जेसीजका अध्यक्षीय कल्बका अध्यक्ष विनोद श्रेष्ठ, पुर्व अध्यक्ष लेखनाथ पौडेल, निर्णायक संयोजक लक्ष्मी प्रसाद शर्मा, लगायतले आफ्नो धारणा राखेका थिए ।

पर्वत जेसीज २०२४का अध्यक्ष मिलन पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव अमृत पोख्रेलको रहेको थियो । तालिम निर्देशक अर्जुनराज पुरीको आस्थापाठ र स्वागत कार्यक्रम संयोजक अजय पोख्रेलको रहेको थियो ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...