19.5 C
Nepal
Tuesday, September 8, 2026
मङ्लबार, भदौ २३, २०८३
Tuesday, September 8, 2026
spot_img

पर्वत समाज क्रोएसियाद्वारा भलिबल कप आयोजना हुँदै।

शेयर गर्नुहोस्

युरोपेली मुलुक क्रोएसियमा रहेका पर्वत वासीविच एकता, सहयोग आदानप्रदान गर्दै छिमेकी जिल्ला र विभिन्न ठाउँबाट क्रोएसियामा रहेका नेपालीहरु समेतलाई एकताबद्ध गरि सामाजिक क्रियाकलाप संचालन गर्ने अभियानमा लागेको पर्वत समाज क्रोएसियाले प्रथम भलिबल कप संचालन गर्दैछ ।

क्रोएसियाको राजधानी जाग्रेबमा आउँदो जुलाई २० र २१ गते भलिबल कप संचालन हुने पर्वत समाज क्रोएसियका अध्यक्ष इश्वर सापकोटाले जानकारी दिए । अध्यक्ष सापकोटाले संस्था स्थापनाको सन्देश अन्य व्यक्ति र संस्थासम्म पुराई परिचयलाई फराकिलो बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

भलिबल खेलमा प्रथम पुरस्कार ५ सय ५ युरोका साथमा कम मेडल र प्रमाणपत्र त्यस्तै दोस्रो पुरस्कार ३ सय ५ युरो कप मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको पर्वत समाज क्रोएसियाका कोषाध्यक्ष मदन सुन्दासले बताए । खेलमा समावेश हुन ८० युरो दर्ता शुल्क रहेको छ । कार्यक्रमा कलाकारद्वारा सांगीतिक सांस्कृतिक परस्तुती रहनेछन ।

कार्यक्रम सफल बनाउन सहयोग गर्न क्रोएसिया स्थित संघ संस्था, सामाजिक व्यक्ति तथा समुह, व्यवसायी खेलाडी सबैलाई आयोजक संस्थाले अपिल गरेको छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...