20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

यसकारण बन्नैपर्छ, रेखा गुरुङ गण्डकी सरकारको मन्त्री ।

शेयर गर्नुहोस्

नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको मन्त्री बन्नुपर्ने कार्यकर्ताहरुको माग छ । २०७९को संसदीय निर्वाचनमा नेपाली कांग्रेस पर्वतमा सबै क्षेत्रमा पराजित भयो । रेखा गुरुङ प्रदेश सभामा समानुपातिक प्रणालीबाट सांसद भएकी हुन ।

पर्वत जिल्लामा एक प्रतिनिधि सभा र दुइ प्रदेश सभामा एमालेका सांसद छन । ३ जना एमालेका सांसद हुँदा कांग्रेस बाट एक्ली सांसद हुन रेखा गुरुङ । अंघिल्लो पटक गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार बन्दा रेखा गुरुङको नाम मन्त्रीको चर्चामा थियो । तर उनी अन्तिममा मन्त्री बन्न पाइनन ।

सर्बोच्च अदालतको निर्णयले फेरि गण्डकीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वमा आएका छन । पाण्डे मुख्यमन्त्री रहेको मन्त्री मण्डल पुर्ण भएको छैन । यो पटक पर्वतका रेखा गुरुङलाई मन्त्री बनाउन पाण्डेलाई दबाब छ । अंघिल्लो सरकारमै गुरुङको नाम चर्चामा रहेकाले यसपटक बनाउनैपर्ने छ ।

सांसद रेखा गुरुङ कांग्रेस गण्डकी संसदीय दलको प्रमुख सचेतक बन्ने समेत चर्चा थियो तर मुख्यमन्त्री पाण्डेले उक्त पदमा गृह जिल्लाका संसदलाई मनोनीत गरे । पछि नेताहरूले सरकारमा लाने आश्वासन दिएर गुरुङलाई थमाएका थिए ।

नेपाली कांग्रेस पर्वत अहिले कम्जोर छ । पर्वतका ३ ओटै सांसद एमालेका छन । संघीय सांसद पदम गिरी २ पटक मन्त्री बनेर जिल्लामा रजगज चलाएका छन । यो अबस्थामा कांग्रेसलाई हौसला थप्न र संगठनलाई बलियो बनाउनपनि सांसद रेखा गुरुङलाई गण्डकीको राम्रो मन्त्रालय दिनुपर्ने भुँइतहका कार्यकर्ताको माग छ । तर, जिल्लाका ठुला मानिने नेताहरुको आन्तरिक रोल चाहिँ त्यति सकारात्मक छैन भन्ने हल्ला बाहिर छ, हैनभने यो अवस्थामा रेखा गुरुङलाई मन्त्री बन्न कठिन छैन ।

सांसद सार्वजनिक पद हो त्यो बाहेक कांग्रेस भित्रको राजनीतिमा प्रभाव राख्ने, संगठन निर्माणको आइडिया भएको, राष्ट्रिय नेतृत्वमा पनि राम्रो लिङ्क भएको नेतामा पर्ने गुरुङलाई मन्त्री बन्न के कुराले छेकेको छ । कसले रोकेको छ ? कार्यकर्ता अन्योलमा छन ।

पर्वतमा ७ स्थानीय तह मध्य ५ ओटा पालिकामा कांग्रेसका मेयर, अध्यक्ष हुँदा पनि कांग्रेसको संगठन कम्जोर छ । जिल्लाको सदरमुकाम कुश्मा नगरपालिकामा रामचन्द्र जोशी, फलेवासमा गंगाधर तिवारी, जलजला गाउँपालिकामा राजु आचार्य, विहादीमा परविन गुरुङ, पैयुँमा राज मल्ल ठकुरी नेतृत्वमा छन । तर यही वेला कांग्रेस सबैभन्दा कम्जोर भएको छ, गएको निर्वाचनमा माओवादीसंग गठबन्धन हुँदा समेत अर्जुन जोशी र ऋषिकेश तिवारीले नमज्जासंग हार बेहोर्नु पर्‍यो ।

जिल्लाको समग्र विकास संगै कम्जोर भएको पर्वत कांग्रेसलाई मलजल गर्न पनि रेखा गुरुङ गण्डकी प्रदेश सरकारको मन्त्री बन्नैपर्छ । जिल्ला देखी प्रदेश र केन्द्रसम्मका नेताले गहिरोगरी मनन गर्नुपर्ने छ । बाँडफाँड र भागबन्डा हो पनि एक भाग रेखा गुरुङमा पर्नैपर्छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...