नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको मन्त्री बन्नुपर्ने कार्यकर्ताहरुको माग छ । २०७९को संसदीय निर्वाचनमा नेपाली कांग्रेस पर्वतमा सबै क्षेत्रमा पराजित भयो । रेखा गुरुङ प्रदेश सभामा समानुपातिक प्रणालीबाट सांसद भएकी हुन ।
पर्वत जिल्लामा एक प्रतिनिधि सभा र दुइ प्रदेश सभामा एमालेका सांसद छन । ३ जना एमालेका सांसद हुँदा कांग्रेस बाट एक्ली सांसद हुन रेखा गुरुङ । अंघिल्लो पटक गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार बन्दा रेखा गुरुङको नाम मन्त्रीको चर्चामा थियो । तर उनी अन्तिममा मन्त्री बन्न पाइनन ।
सर्बोच्च अदालतको निर्णयले फेरि गण्डकीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वमा आएका छन । पाण्डे मुख्यमन्त्री रहेको मन्त्री मण्डल पुर्ण भएको छैन । यो पटक पर्वतका रेखा गुरुङलाई मन्त्री बनाउन पाण्डेलाई दबाब छ । अंघिल्लो सरकारमै गुरुङको नाम चर्चामा रहेकाले यसपटक बनाउनैपर्ने छ ।
सांसद रेखा गुरुङ कांग्रेस गण्डकी संसदीय दलको प्रमुख सचेतक बन्ने समेत चर्चा थियो तर मुख्यमन्त्री पाण्डेले उक्त पदमा गृह जिल्लाका संसदलाई मनोनीत गरे । पछि नेताहरूले सरकारमा लाने आश्वासन दिएर गुरुङलाई थमाएका थिए ।
नेपाली कांग्रेस पर्वत अहिले कम्जोर छ । पर्वतका ३ ओटै सांसद एमालेका छन । संघीय सांसद पदम गिरी २ पटक मन्त्री बनेर जिल्लामा रजगज चलाएका छन । यो अबस्थामा कांग्रेसलाई हौसला थप्न र संगठनलाई बलियो बनाउनपनि सांसद रेखा गुरुङलाई गण्डकीको राम्रो मन्त्रालय दिनुपर्ने भुँइतहका कार्यकर्ताको माग छ । तर, जिल्लाका ठुला मानिने नेताहरुको आन्तरिक रोल चाहिँ त्यति सकारात्मक छैन भन्ने हल्ला बाहिर छ, हैनभने यो अवस्थामा रेखा गुरुङलाई मन्त्री बन्न कठिन छैन ।
सांसद सार्वजनिक पद हो त्यो बाहेक कांग्रेस भित्रको राजनीतिमा प्रभाव राख्ने, संगठन निर्माणको आइडिया भएको, राष्ट्रिय नेतृत्वमा पनि राम्रो लिङ्क भएको नेतामा पर्ने गुरुङलाई मन्त्री बन्न के कुराले छेकेको छ । कसले रोकेको छ ? कार्यकर्ता अन्योलमा छन ।
पर्वतमा ७ स्थानीय तह मध्य ५ ओटा पालिकामा कांग्रेसका मेयर, अध्यक्ष हुँदा पनि कांग्रेसको संगठन कम्जोर छ । जिल्लाको सदरमुकाम कुश्मा नगरपालिकामा रामचन्द्र जोशी, फलेवासमा गंगाधर तिवारी, जलजला गाउँपालिकामा राजु आचार्य, विहादीमा परविन गुरुङ, पैयुँमा राज मल्ल ठकुरी नेतृत्वमा छन । तर यही वेला कांग्रेस सबैभन्दा कम्जोर भएको छ, गएको निर्वाचनमा माओवादीसंग गठबन्धन हुँदा समेत अर्जुन जोशी र ऋषिकेश तिवारीले नमज्जासंग हार बेहोर्नु पर्यो ।
जिल्लाको समग्र विकास संगै कम्जोर भएको पर्वत कांग्रेसलाई मलजल गर्न पनि रेखा गुरुङ गण्डकी प्रदेश सरकारको मन्त्री बन्नैपर्छ । जिल्ला देखी प्रदेश र केन्द्रसम्मका नेताले गहिरोगरी मनन गर्नुपर्ने छ । बाँडफाँड र भागबन्डा हो पनि एक भाग रेखा गुरुङमा पर्नैपर्छ ।



