20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

सामाजिक विकास कार्यालय पर्वतका घुसिया हाकिम ढकाल ।

शेयर गर्नुहोस्

सामाजिक विकास कार्यालयका विषयमा अभिलेख खबरका प्रवन्धक एवं अभियनता ठाकुर रसाईलीले पाँच महिना अघि अनियमितताको एक विषय उठान गरेका थिए । त्यस बेला अधिकाँशले रसाईलीले उठाएको विषयका पक्षमा प्रतिक्रिया दिँदा केहीले विपक्षमा आवाज उठाएका थिए, जिल्ला तातेको थियो । त्यो बेला रसाईलीले सामाजिक विकास कार्यालयमा पुगेर स्पष्टीकारण लिँदा हाकिम टंक प्रसाद ढकाल सहित कर्मचारीले आफ्नो कम्जोरी स्वीकार गरेका थिए ।
फेरी समाजिक विकास कार्यालयका हाकिमले खुलमखुल्ला घुस मागेको खुल्न आएको छ ।

सामाजिक विकास कार्यालय पर्वतका प्रमुख टंकप्रसाद ढकालले कार्यक्रम पिच्छे पैसा माग्न थालेको खुल्न आएको छ । पहिलो पटक कार्यालय प्रमुखका रुपमा पर्वतको सामाजिक विकास कार्यालय आएका ढकालले उपभोक्ता समितिदेखि सञ्चारमाध्यममा कार्यक्रम सम्झौता गरेवापतसम्म खुलमखुल्ला घुस मागेको पुष्टि भएको छ ।
आर्थिक बर्ष ०८०÷०८१ मा कार्यक्रमबापत तालिम, गोष्ठी लगायतका कार्यक्रममा फर्जी बिल हालेर भुक्तानी गरेको आरोप लागेका बेला कार्यालय प्रमुख ढकालले आर्थिक बर्ष ०८०÷०८१ मा बिद्यालयको मर्मतसंभारमा आएको रकममध्ये ब्यवस्थापन समितिसंग खुलमखुल्ला रकम मागेका हुन । ‘हाम्रो प्राविधिक पठाउदा खर्च भएको छ, इन्धनबापत रकम दिनुस्’ आर्थिक बर्ष सकिएपछि यही साउन १ गतेदेखि नियमित रुपमा केही विद्यालय ब्यवस्थापन समितिलाई फोन गर्दै रकम मागेको रेकर्ड सारथीन्युज अनलाइनलाई प्राप्त भएको छ ।
मर्मत योजनाको बारेमा प्राविधिक पठाउँदा कुनै खर्च लाग्ने बिषयमा केही नभनेपनि आर्थिक बर्ष सकिएपछि रकम माग्नु संकास्पद भएर रेकर्डसहित मिडियामा आएको एक विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले बताए । ‘प्राविधिक पठाउँदा खर्च भएको इन्धनको पैसा दिनुस् भनेर फोन आयो’ फोन रेकर्ड सुनाउदै ती विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले भने–‘खर्च लाग्ने भए पहिल्यै भन्नुपथ्र्यो, किन आर्थिक बर्ष सकिएपछि फोन गरेर पैसा मागियो, यो त सिधै घु्स होइन त ? आफ्नो कार्यालयका इन्जिनियरलाई परिचालन गरेको निहुँ पारेर सामाजिक कार्यालयका प्रमुख ढकालले साउन १ गतेपछि ब्यवस्थापन समितिका पदाधिकारीसँग इन्धनको नाममा रकम मागेका हुन ।
गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष ०८०÷०८१ मा प्रदेश मन्त्रालयबाटै भुक्तानी गर्नेगरी प्रदेशका ११ वटै जिल्लाका बिद्यालयलाई मर्मतबापत रकम बिनियोजन गरेको थियो । त्यसअन्तर्गत मर्मत भएका पर्वतका केही बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीसँग सामाजिक कार्यालय पर्वतका प्रमुख ढकालले पैसा मागेका हुन । यस बिषयमा कार्यालय प्रमुख ढकालले घुस रकम मागेको स्वीकार गरेका छन् । सुरुमा मैलै कसैसंग रकमको बिषयमा केही कुरा गरेका छैन भनेका ढकालले अन्तिममा तपाई हामी एउटै भन्दै भेटेर सल्लाह गरौला भन्ने जवाफ दिएका छन् । ‘एक जनासंग फोन गरेको साँचो हो’ उनले भने–‘तपाई हामी एउटै मान्छे हो बसेर सल्लाह गरौला ।’ यसैगरी ढकालले कुश्माबजारको एक रेडियोसंग पनि १८ हजार रुपैयाँ घुस मागेको पुष्टि भएको छ । ‘४७ हजारको कार्यक्रम दिएर सम्झौता गरियो, पैसा नदिएसम्म त्यो रकम भुक्तानी दिन अबरोध आयो’ उक्त रेडियोका स्टेशन म्यानेजरले भने–‘पैसा दिन्छौ भनेर भुक्तानी लियौ तर पैसा मागेर पछि लागिरहनुभएको छ ।’ ढकालले भने कार्यक्रम उत्पादन गरेबापतको रकम मागेको दाबी गरे । ‘रेडियोलाई कार्यक्रम चलाउन दिदा सम्झौता गर्नुभयो, तपाईले १८ हजार पाउने सम्झौता खै ?’ ढकालले आफ्ना मान्छे भेटेर कुरा गरौला भने ।

यो समाचार सारथी न्यूजमा छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...