20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

ठूलो देशमा काम गर्छु भन्ने मात्र हो, महँगीले तर्साएको छ’

शेयर गर्नुहोस्

गुल्मीका शुकदेव पन्थ अस्ट्रेलिया गएको नौ महिना भयो । उनी अस्ट्रेलियाको न्यू साउथ वेस्ट (एनएसडब्लु), टोरोन्टोस्थित ‘टोरोन्टो डिगर्स क्लब’ मा सू–सेफका रूपमा काम गर्छन् ।

अस्ट्रेलिया जानुअघि उनी कतारमा थिए। त्यहाँ एउटा रिसोर्टमा काम गर्थे ।

‘टोरोन्टो डिगर्स क्लबले सेफ माग गरेको कुरा एक जना साथीमार्फत थाहा पाएर अनलाइन आवेदन गरेँ,’ उनले भने, ‘अनलाइनबाटै अन्तर्वार्ता पनि दिएँ ।’

आवश्यक प्रक्रिया पूरा गरेर उनी सन् २०२४ जुनमा टोरोन्टो डिगर्स क्लबकै स्पोन्सर भिसामा अस्ट्रेलिया पुगे । उनका अनुसार उक्त क्लबमा अस्ट्रेलियन, एसिएन, फ्रेन्च, स्पेनिस, मेक्सिकन र अमेरिकन परिकार पाइन्छ ।

क्लबमा ६ जना सेफ छन् । शुकदेवसहित दुई जना नेपाली छन्, चार जना अस्ट्रेलियन नागरिक हुन् ।

शुकदेवभन्दा माथिल्लो पदमा अस्ट्रेलियन हेड सेफ छन् । क्लबका मुख्य ग्राहक स्थानीयवासीहरू नै हुन्। ग्राहकहरू मुख्य गरी विभिन्न गेम खेल्न र विभिन्न देशका परिकार खान आउँछन् ।

‘यो एकदमै फेमस (प्रख्यात) क्लब हो । क्लबका सदस्य धेरै छन्। यहाँ सरकारी मान्छेहरू पनि आउँछन्,’ शुकदेवले भने, ‘सबैलाई समान व्यवहार हुन्छ। ठूलो पदको मान्छे भनेर फरक केही पनि हुँदैन।’

उनी बस्ने कोठाबाट करिब १० मिनेट पैदल दुरीमा क्लब छ । बिहान साढे १० बजेदेखि राती ९ बजेसम्म क्लबमै व्यस्त रहन्छन् । सामान्यतया दिउँसो एक–डेढ घण्टा ब्रेक (फुर्सद) हुन्छ। सातामा दुई दिन छुट्टी हुन्छ। दुई दिन ५–६ घण्टा मात्रै काम हुन्छ ।

अस्ट्रेलियन सरकारको नियम अनुसार कामदारलाई सातामा सामान्यतया ३८ घण्टा काम लगाउन पाइन्छ । आवश्यकता अनुसार बढीमा ४५ घण्टा काम लगाउन पाउँछन् । यति अवधिमा ओभर–टाइन (अतिरिक्त समय) को नियम लाग्दैन। अझ बढी काममा लगाउँदा ओभर–टाइमको पैसा दिनुपर्छ ।

‘प्रायः सातामा ३८ घण्टा नै काम गरिरहेका छौं। फाटफुट बाहेक ४५ घण्टा काम गर्नुपरेको छैन,’ उनले भने ।

बिदाको समयमा उनी सिनियर (वरिष्ठ) सेफसँग नयाँ परिकारबारे सिक्छन्। परिकार सम्बन्धी पुस्तक पढ्छन्, घुम्न जान्छन्। क्लबले स्पोन्सर गरेको हुनाले उनी अर्को ठाउँमा काम गर्न जान पाउँदैनन् ।

शुकदेवलाई अस्ट्रेलियाको हावापानीले लोभ्याएको छ। खाना स्वच्छ र ताजा हुन्छ ।

भन्छन्, ‘यहाँ खानपिनको कारणले खासै बिरामी भइँदैन ।’

उनका अनुसार अस्ट्रेलियन सरकारले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेको छ। स्थानीय स्तरमा नपाइने सामान मात्र अन्य देशबाट आयात हुन्छ ।

शुकदेवलाई कतारमा खानेबस्ने सुविधा पनि कम्पनीले नै दिएको थियो । अस्ट्रेलियामा भने महँगीले तर्साएको छ ।

‘एउटा गोलभेँडा, एउटा प्याजको सय रूपैयाँ पर्छ । ठूलो देशमा काम गर्छु भन्ने मात्र हो, खर्च बढी छ, पैसा बचत हुँदैन,’ उनले भने ।

उनलाई क्लबले तलब मात्रै दिएको छ, बाँकी व्यवस्था आफै गर्नुपर्छ । उनी सातामा ११ सय ४० अस्ट्रेलियन डलर तलब पाउँछन् । कोठाभाडा, खाना, बिमाको प्रिमियम, कर इत्यादि शुल्क सातामै तिर्नुपर्छ । इन्टरनेटको महसुल महिनामा तिर्नुपर्ने नियम छ । यो सबैमा सातामा ४५० डलरसम्म खर्च हुन्छ ।

एक सातामा खानामा १२० देखि १५० डलर खर्च हुन्छ । कोठाभाडा, बिजुली र पानीमा तीन सय डलर, १४० डलर बिमामा र ३० प्रतिशत रकम करमा खर्च हुन्छ । इन्टरनेटको महिनामा ६० डलर तिर्नुपर्छ ।

‘दुबई (युनाइटेड अरब इमिरेट्स) मा काम गर्दा व्यक्तिगत खर्च केही हुँदैन थियो। सबै खर्च कम्पनीले बेहोर्थ्यो । यता (अस्ट्रेलियामा) सबै आफैले गर्नुपर्छ,’ शुकदेवले भने ।

विकसित मुलुकमा पेसागत उन्नति गर्न पनि गाह्रो हुने उनको अनुभव छ ।

‘अस्ट्रेलियामा सिनियर र जुनियर भन्ने हुँदैन । सिकाउने र अह्राउने पनि हुँदो रहेनछ, सबै बराबर,’ उनले भने, ‘अरू देशमा काम राम्रो गर्न सक्दा बढुवा हुने, तलब बढ्ने हुन्थ्यो। यहाँ त केही छैन ।’

उनले यो क्षेत्रमा काम गरेको १६ वर्ष भयो ।

मध्यम वर्गीय परिवारका सदस्य शुकदेवको आर्थिक अवस्था राम्रो थिएन । उनले गाउँकै स्कुलबाट एसएलसी (कक्षा १० को अन्तिम परीक्षा) पूरा गरे । त्यसपछि १५ वर्षको उमेरमा काम खोज्दै भारतको नयाँ दिल्ली पुगे। त्यहाँ एउटा रेस्टुरेन्टमा किचन हेल्परका रूपमा काम पाए ।

काम गर्दै अघि बढ्दा सू–सेफ भए ।

उनले भारतमा तीन वर्ष, दुबईमा १० वर्ष कतारमा पाँच वर्ष र पाँच महिना ओमनमा बिताए । यो अवधिमा उनले ठूला रिसोर्ट र पाँचतारे होटलमा काम गर्ने अवसर पाए । अस्ट्रेलियाबाट स्नातक तहको मान्यता हुने होटल तालिम पनि लिएका छन् । खाडी र विकसित मुलुकमा काम गर्ने शैली भने फरक रहेको उनको अनुभव छ ।

‘अस्ट्रेलियामा काम गर्ने वातावरण राम्रो छ,’ शुकदेवले भने, ‘खाडी मुलुकमा कडा नियममा काम गरेर आएको, यहाँ स्वतन्त्रता छ ।’setopati

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...