नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतको अध्यक्षमा विराज हमाल चयल भएका छन । हमाल यस भन्दा अंगाडी पार्टीको सचिव थिए । त्यस्तै पार्टीको सचिव पदमा विधान पौडेल चयन भएका छन । नेकपा एकीकृत समाजवादी पर्वतका अध्यक्ष ठाकुर प्रसाद शर्मा पार्टीको गण्डकी प्रदेशको सचिव निर्वाचित भएपछि विधान अनुसार जिल्ला अध्यक्षमा हमाललाई चयन गरेको सचिवालयले जानकारी दिएको छ ।
लामो समय विद्यार्थी र युवा संगठनमा सक्रिय राजनीति गर्दै पार्टी राजनीतिमा आएका हमाल नेकपा एमालेबाट बिद्रोह गरी बनेको नेकपा एकीकृत समाजबादी पार्टी स्थापनामा भुमिका खेल्ने मुख्य मात्र मध्यका एक हुन ।



