11.4 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

पर्वतमा उद्यमशील वातावरण बनाउनका उत्पादन प्रवर्द्धन अभियान र ई-पत्रिकाको सुरुवात ।

शेयर गर्नुहोस्

पर्वतमा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि उद्योगी व्यवसायी समुदायका तर्फबाट आफ्नै संगठित प्रयासको आवश्यकता माथि जोड दिईएको छ ।

राज्य तहबाट उद्य ोग र व्यवसाय हेर्ने पहिलो प्राथमिकता रहेको कार्यालय माथि छेडखानी गरि नाम र उद्देश्य समेत परिवर्तन गरि अन्य विधामा र शिर्षकहरुमा बजेट छुट्टाउन थालिएको र स्थानीय सरकारहरुले पनि विभिन्न प्राथामिकताहरुका विच स्थानीय साना उद्यम र व्यवसायको प्रवर्द्धन गर्न यथेष्ट ध्यान दिन नसकेको भन्दै अनौपचारिक क्षेत्र बाटै संगठित प्रयासहरुको आवश्यकता माथि जोड दिइएको हो ।

शनिबार सदारमुकाम कुश्मा बजारमा फ्रन्टलाइन नेपालद्वारा आयोजित `पर्वतमा उद्यमशीलताको अवस्था र स्थानीय उद्यम प्रवर्द्धनका लागि युवाहरूको भूमिका´विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी उद्यमी व्यवसायी, तथा सरोकारवाला हरुले पर्वत जिल्लाको व्यवसायीक प्रथामिकता र परिचय स्पष्ट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै पर्वत जिल्लाका पुर्व सांसद सामाजिक उद्यमशीलता विकासका अभियान्ता ऋषिकेश तिवारीले पर्वत जिल्ला उद्यम विकासका हिसाबले धेरै संभावना युक्त जिल्ला रहेको भए पनि त्यसको यथेष्ट उजागर र सदुपयोग हुनमा कमीकमजोरी भएको धारणा व्यक्त गरे । तिवारीले राजनीतिले हामीलाई उद्यम गर्न नसिकाएकोले नीति निर्माणको तहमा जाने बाटो राजनीतिमा राम्रो र असल मान्छेको प्रवेश र हस्तक्षेपको जरुरी रहेको बताए । उनले निती निर्माण तहका प्रथामिकतामा धेरै परिवर्तन आएको कारण अब उद्यम व्यवसायको विकासको लागि खाली गुनासो मात्रै गर्नु भन्दा केही प्रयासहरु गरेर अँघि बढ्न सबैलाई सुझाए ।

कार्यक्रममा पर्वत उद्योग वार्णिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि. पौडेल, कुश्मा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुभाष पन्त, घरेलु तथा साना उद्योग महासंघ नेपालका गण्डकी प्रदेश सचिव शिवशर्मा पौडेल, गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष कृष्णप्रसाद शर्मा, फ्रन्टलाइन नेपालका उद्यमशीलता विकास संयोजक केदारनाथ आचार्य, घरेलु तथा साना उद्योग महासंघ पर्वतका अध्यक्ष निर्मल विश्वकर्मा, उद्योगीहरु चन्द्रा क्षेत्री, जसमाया पुन, कर्ण वहादुर क्षेत्री, थानेश्वर भुषाल, गोविन्द प्रसाद रेग्मी, वसन्त बास्तोला लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा फ्रन्टलाइन नेपालका निर्देशक शिवप्रसाद शर्माले जिल्लाको उद्यम वातावरण र सरोकारवालाको आगामी भूमिका विषयक प्रस्तुति राखेका थिए । फ्रन्टलाइन नेपालका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्माको अध्यक्षता, सचिव सञ्जुकुमारी शर्माको सन्चालन रहेको थियो ।

कार्यक्रमकै बिच पर्वत जिल्लामा पर्वत तथा नेपालमा बनेको सामानको उपभोग र प्रवर्द्धनका लागि ऐक्यबद्धता सहित हस्ताक्षर अभियान सुरुवात भएको छ र “उद्यमशील पर्वत” ई-पत्रिका सार्वजनिक गरिएको छ। उद्यम र उद्यमीहरका सफलताका कथा, अनुभव र सिकाइ आदानप्रदान गर्नेगरी संस्थाले ई-पत्रिका सुरु गरेको फ्रन्टलाइन नेपालका निर्देशक शिवप्रसाद शर्माले अभिलेखलाई जानकारी दिए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...