24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

पर्वतमा उद्यमशील वातावरण बनाउनका उत्पादन प्रवर्द्धन अभियान र ई-पत्रिकाको सुरुवात ।

शेयर गर्नुहोस्

पर्वतमा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि उद्योगी व्यवसायी समुदायका तर्फबाट आफ्नै संगठित प्रयासको आवश्यकता माथि जोड दिईएको छ ।

राज्य तहबाट उद्य ोग र व्यवसाय हेर्ने पहिलो प्राथमिकता रहेको कार्यालय माथि छेडखानी गरि नाम र उद्देश्य समेत परिवर्तन गरि अन्य विधामा र शिर्षकहरुमा बजेट छुट्टाउन थालिएको र स्थानीय सरकारहरुले पनि विभिन्न प्राथामिकताहरुका विच स्थानीय साना उद्यम र व्यवसायको प्रवर्द्धन गर्न यथेष्ट ध्यान दिन नसकेको भन्दै अनौपचारिक क्षेत्र बाटै संगठित प्रयासहरुको आवश्यकता माथि जोड दिइएको हो ।

शनिबार सदारमुकाम कुश्मा बजारमा फ्रन्टलाइन नेपालद्वारा आयोजित `पर्वतमा उद्यमशीलताको अवस्था र स्थानीय उद्यम प्रवर्द्धनका लागि युवाहरूको भूमिका´विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी उद्यमी व्यवसायी, तथा सरोकारवाला हरुले पर्वत जिल्लाको व्यवसायीक प्रथामिकता र परिचय स्पष्ट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै पर्वत जिल्लाका पुर्व सांसद सामाजिक उद्यमशीलता विकासका अभियान्ता ऋषिकेश तिवारीले पर्वत जिल्ला उद्यम विकासका हिसाबले धेरै संभावना युक्त जिल्ला रहेको भए पनि त्यसको यथेष्ट उजागर र सदुपयोग हुनमा कमीकमजोरी भएको धारणा व्यक्त गरे । तिवारीले राजनीतिले हामीलाई उद्यम गर्न नसिकाएकोले नीति निर्माणको तहमा जाने बाटो राजनीतिमा राम्रो र असल मान्छेको प्रवेश र हस्तक्षेपको जरुरी रहेको बताए । उनले निती निर्माण तहका प्रथामिकतामा धेरै परिवर्तन आएको कारण अब उद्यम व्यवसायको विकासको लागि खाली गुनासो मात्रै गर्नु भन्दा केही प्रयासहरु गरेर अँघि बढ्न सबैलाई सुझाए ।

कार्यक्रममा पर्वत उद्योग वार्णिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि. पौडेल, कुश्मा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुभाष पन्त, घरेलु तथा साना उद्योग महासंघ नेपालका गण्डकी प्रदेश सचिव शिवशर्मा पौडेल, गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष कृष्णप्रसाद शर्मा, फ्रन्टलाइन नेपालका उद्यमशीलता विकास संयोजक केदारनाथ आचार्य, घरेलु तथा साना उद्योग महासंघ पर्वतका अध्यक्ष निर्मल विश्वकर्मा, उद्योगीहरु चन्द्रा क्षेत्री, जसमाया पुन, कर्ण वहादुर क्षेत्री, थानेश्वर भुषाल, गोविन्द प्रसाद रेग्मी, वसन्त बास्तोला लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा फ्रन्टलाइन नेपालका निर्देशक शिवप्रसाद शर्माले जिल्लाको उद्यम वातावरण र सरोकारवालाको आगामी भूमिका विषयक प्रस्तुति राखेका थिए । फ्रन्टलाइन नेपालका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्माको अध्यक्षता, सचिव सञ्जुकुमारी शर्माको सन्चालन रहेको थियो ।

कार्यक्रमकै बिच पर्वत जिल्लामा पर्वत तथा नेपालमा बनेको सामानको उपभोग र प्रवर्द्धनका लागि ऐक्यबद्धता सहित हस्ताक्षर अभियान सुरुवात भएको छ र “उद्यमशील पर्वत” ई-पत्रिका सार्वजनिक गरिएको छ। उद्यम र उद्यमीहरका सफलताका कथा, अनुभव र सिकाइ आदानप्रदान गर्नेगरी संस्थाले ई-पत्रिका सुरु गरेको फ्रन्टलाइन नेपालका निर्देशक शिवप्रसाद शर्माले अभिलेखलाई जानकारी दिए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...