कुश्मा नगरपालिका वडा ७ रोहोटे निवासी गोपाल गिरी एक धार्मिक तथा सामाजि रुपान्तरणका अभियानता हुन । उनलाई समाजमा जरा गाडेर बसेको जातिय विभेदलाई आफ्नो सोंच र व्यवाहारबाट अन्त्य गर्नुपर्छ भनेर लागिरहे ।
उनि एक पण्डित हुन । अधिकांश पण्डितहरु हिँजो देखी नै समुदाय र मान्छेले निर्माण गरेको जात हेरेर धार्मिक कार्य, पुजाआजा गर्न थाले । अर्थात कथित उपल्लो भनिएको जातमा सबै कर्म गर्न हुने तर तल्लो भनिने जातमा धार्मिक कर्म गर्न नहुने भनेर समाजमा पण्डितहरु बिभाजित थिए आज पनि छन । तर गोपाल गिरीलाई यो कुरा मिथ्या लाग्थ्यो । उनि सबै ठाउँमा आफ्नो ज्ञान र चेतना फैलाउन लागि परे ।
गिरीको गाउँ नजिकै नेपाली बस्याल (सार्की ) समुदायको बसोबास छ । उनि सबैको घरमा आवश्यकतामा पुजापाठ तथा धार्मिक कामका लागि जान लागे । त्यति मात्रै हैन कि, आफुहरुले निर्माण गरेको शिव मन्दिरमा सबैलाई सहजै पुजाआजा गर्न अगुवाई समेत गरे । विभिन्न समुदायमा कुनै कथित जात विशेषले मात्रै पुजा गर्न पाईने मन्दिर र साँघुरो चेतनाले प्रेरित धार्मिक गुरु पण्डितहरु भएको भिडमा गोपाल गिरी निकै आयामिक चेतना र रुपान्तरणका प्रतिक हुन ।
सबैसङ्ग सबैठाउँमा आफ्नो कर्म र चेतना फैलाउन थालेपछि दलितको घरमा पुजा पाठ गर्न गएको भन्दै कथित माथिल्लो जात भनिनेहरुले गाउँमा `माइला महाराज´भनेर चिन्ने गिरीलाई `सार्की माईला´ भनेर नाम दिए । तर कसैको कुरा सुनेन । कसैको वास्ता गरेनन आफ्नो कर्ममा लागिरहे ।
बुढेउलीले च्यापे पछि अचेल कतै कर्म गर्न जान सक्दैनन । हाल उमेरले ८८ बर्षका गिरी छोरा योगराज गिरी (बद्री) सङ्ग कुश्मामा बस्छन ।
धर्म, जात, लिङ्ग, भुगोल जस्ता कुरालाई बोकेर समाज माथि उठ्न रोक्ने नेपाली समाजमा, नियम र कानुनले हैन आफ्नो व्यवहारले समतामुलक विकसित समाज निर्माण गर्ने हो भन्दै अनवरत लाग्ने गोपाल गिरी एक सम्मानित उदाहरणीय पात्र हुन ।



