19.5 C
Nepal
Tuesday, September 8, 2026
मङ्लबार, भदौ २३, २०८३
Tuesday, September 8, 2026
spot_img

राजनीतिक दलका नेतृत्व भन्दा नेतृत्व मान्नेलाई फेरौँ ।

शेयर गर्नुहोस्

राजनीतिक दलका नेतृत्व भन्दा नेतृत्व मान्नेलाई फेरौँ ।

नेपाली राजानीतिक पार्टीका नेतृत्व फेरिनु पर्छ भनेर उनिहरुको कार्य शैली माथि बेलाबखत प्रश्न उठिरहन्थ्यो । पार्टीमा आवद्ध भएर कसैलाई सबैथोक मानेकाहरु नबोलेपनि वा सुस्त बोलेपनि केहि नविन सोंच राख्ने, समय परिवेश बुझेको र केहि गरौँ भन्ने जोकोही कार्यकर्ताले नेतृत्व बारे बोले । अथवा बोल्न प्रयास गरे । तर, नागरिक तह जसले खुल्ला सोच राख्छन, केहि क्षेत्रका जानकार उनिहरुले अनेक फोरममा आजको राजनीतिक दल र नेतृत्व बारे खुलेरै बोले ।

ठुला भनिएका राजनीतिक दल र नेतृत्वबारे बोल्न अलि बढी खुल्ला जस्तो देखायो भदौ २३/२४ को जेनजी पुस्ताको विद्रोहले । जेनजीको विद्रोहले धेरै क्षेत्रलाई छोएको छ । अरुबारे समय मिल्दै जाँदा लेखौंला बोलौँला तर राजनीतिक दल र नेतृत्वलाई वा कार्यकर्तालाई कति छोयो । राजनीतिक दल सुध्रीने वा नेतृत्व बदलिने बारे केहि प्रस्तुत गरौं भन्ने लाग्यो ।

राजनीतिक दल वा नेतृत्वले के कति गरे वा विगारे । अथवा देशलाई खत्रै राम्रो गरे ल ठिक छ । तर यी राजनीतिक दल सुध्रीने र नेतृत्व बदलिने छाँटकाट यही अवस्थाले देखिँदैन । सुधार्ने हो भने एउटा उपाय छ । त्यो उपाय हो नेतृत्व भन्दा नेतृत्व मान्नेलाई फेरौं । भनेको – जसले पार्टीमा अरु देख्दैन आसा पालेर वा डर लागेर तपाईं नै हो भनेर विन्ती भाउ चडाईरहेको छ त्यसलाई फेर्ने ।

अझै स्पष्ट पारौं – तपाईं कुन गाउँ कुन जिल्लामा बस्नुहुन्छ, तपाईं कुन दलमा आवद्ध हुनुहुन्छ ? तपाईंको जिल्लामा तपाईंले मान्ने वा ठुला भनिने नेता कुन हुन ? र ति नेताले माथि कसलाई मान्छन ? नेताले दाँयावाँया नहेरी नेतृत्वलाई ढोगभेटी चढाइहाल्छन कि समाज र जनताबारे सोचेर केहि बोल्ने आँट गर्छन । यत्ति कुरा बुझेर भुँइतहबाटै समर्थन सहयोग गर्ने वा प्रश्न विरोध गर्न लाग्नुपर्छ । हामीले हाम्रो समर्थन वा मतबाट कसैलाई माथि पठाउनु भनेको हामीले निर्वाचनमा वारेस पठाए जस्तै हो । हामीले वारेस पठाउनु भनेको उसले चाहेको ठाउँमा मत दिँदा आफ्नो मन्जुरी छ भन्नु हो । त्यसैले हामीले सहि नेतृत्व चुन्नुपर्छ । ताकि उसले पनि देशको लागि सही नेतृत्व चुन्ने सामर्थ्य राखोस । जेनजी विद्रोह र त्यसपछि देखिने दृश्य र घटनाले यतातिर गहिरोगरी सोच्ने बनाएको छ । र सोही अनुसार लाग्न शन्दे पेश गरेको छ ।

मैले यो कुरा उदाहरण प्रस्तुत गरेको हुँ । र भन्न खोजेको के हो भने नेतृत्व मान्ने नेतृलाई हामी आफैले फेरौं । आफुले सक्ने गरौं । आफुले सक्ने नेतृत्व फेर्दाको दिन देशले नयाँ नेतृत्व पाउनेछ । पाउँछ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...