20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

सेतो बाघ र डायमनशमशेरको भित्री कथा

शेयर गर्नुहोस्

नेपाली साहित्यमा ऐतिहासिक उपन्यास भन्नेवित्तिकै पहिलो नम्बरमा आउँछ–सेतो बाघ । ऐतिहासिक उपन्यासकार भन्ने वित्तिकै पहिलो नम्वरमा नाम आउँछ– डायमन शम्शेर राणाको ।

डायमन त्यस्ता लेखक थिए, जो भन्दथे म लेखेरै बाँचेको छु । उनी सगर्व भन्थे, सार्वजनिकरुपमै भन्थे । तर कताकता मलाई चाहीं शंका लाग्थ्यो । साँच्चै होला त ? लेखेर उनलाई खान पुग्छ होला त ? कति आउँछ होला रोयल्टी ?

डायमन शम्शेरको नाम मैले हेटौंडा छँदै सुनेको हुँ । स्कूले विद्यार्थी थिएँ । गोरखापत्रमा यौटा विज्ञापन छापिएको थियो, साझा प्रकाशनबाट प्रकाशन हुँदै गरेको पुस्तक “ऐतिहासिक उपन्यास सेतो बाघ’’ को । अनि हल्ला चलेको थियो त्यो उपन्यास त व्याण्ड भयो रे । प्रतिवन्ध लाग्यो रे ।म साहित्य बुझ्दििनथें, न पढ्थें । हल्ला सुनें, त्यत्तिकै भयो ।

सेतोबाघ ग्रेटा राणाले अङ्ग्रेजीमा अनुवाद गरिन् । त्यही अनुवादको बुई चढेर सेतोबाघले विश्व यात्रा गर्‍याे । यो उपन्यास जर्मनी, जापानी, फ्रेन्च, चिनियाँ र कोरियाली भाषामा अनुवाद भयो

कालान्तरमा काठमाडौं आएपछि म साहित्यको पाठक बनें । लेख्न थालें । तिनै नाम सुनेका ऐतिहासिक उपन्यासकार सेतो बाघका लेखकसँग भेट भयो, चिनाजानी भयो, सँगै खानपान भयो र यौटा समारोहमा त सँगै सम्मानित नै भयौं–२०५१ सालमा बानेश्वरको युवाहरुको समुहले उनलाई अभिनन्दन र मलाई सम्मान एउटै समारोहमा गरेको थियो ।

डायमन शम्शेरले २००६ सालमा पहिलो उपन्यास “बसन्ती’’ जनसमक्ष ल्याएका थिए । त्यो उपन्यासको प्रकासन सनसनीपूर्ण घटना भयो राणा परिवारहरुमा, काठमाडौंमा, नेपालमा । त्यो एउटै उपन्यासले उनलाई उपन्यासकारको दर्जा दिलायो । नाम दिलायो र ख्याति दिलायो । तर त्यो समय पुस्तक विक्रीको युग थिएन । पाठकहरु अत्यन्त कम थिए, पाठ्यपुस्तकमा रहेको र पढ्नै पर्ने बाहेकका कितावको विक्री सहज थिएन । त्यो उपन्यास उनले आफैं छापेका थिए प्रकाशकमा नाम मोहनकुमारी देवी राखेर । त्यो उपन्यासले दोश्रो संस्करण पाउन १६ बर्ष कुर्नु पर्‍याे । २०२२ सालमा रत्न पुस्तक भण्डारले दोश्रो संस्करण प्रकाशनमा ल्यायो । त्यसपछि मात्रै २०३० सालमा दोश्रो उपन्यास “सेतो बाघ’’ प्रकाशित भएको थियो ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...