20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

‘महामारीमा विज्ञ र अनुसन्धान संस्थाको भूमिका पनि दयनीय देखियो’

शेयर गर्नुहोस्

न्यूयोर्कको माउन्ट सिनाई अस्पताल र जर्जियाको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा काम गरिसकेका जीवाणु वैज्ञानिक डा. सुदीप खड्का नेपालमा फैलिएको दोस्रो लहर महामारीको मृत्युदर भारतको भन्दा बढी भएको बताउँछन् । भाइरस म्युटेट हुने सम्भावना भएकाले तेस्रो लहर अपेक्षित नै रहेको खड्काको भनाइ छ ।

हाल अमेरिकाकै मेयो क्लिनिकमा कार्यरत खड्का इबोला भाइरसको म्युटेसन, भेरियन्ट, मानव प्रतिरोध क्षमता र औषधिबारे अनुसन्धान गरिरहेका छन् । मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्माकोलोजीमा विद्यावारिधि खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश :
नेपालमा दोस्रो लहरमा भएको मृत्यु र संक्रमण स्वाभाविक हो, अन्य देशको तथ्यांकसँग तुलना गर्दा कस्तो अवस्था देखिन्छ ?

अहिलेसम्मको तथ्याङ्क अनुसार नेपालमा जम्मा मृत्युदर १.४ प्रतिशतको हाराहारीमा छ । साढे ६ लाख जति जम्मा संक्रमित हुँदा करीब–करीब ९ हजारको मृत्यु भएको छ ।

अप्रिल १ को मितिलाई यो पछिल्लो लहरको शुरुआत मान्ने हो भने पछिल्लो समयमा देखिएको संक्रमितको संख्या र मृत्युदर दुवै पहिलेको भन्दा निकै उच्च देखिएको छ ।

यो पछिल्लो चरणमा मात्रै साढे ३ लाख भन्दा धेरै संक्रमित भएका छन् भने करीब ६ हजारको मृत्यु भएको छ । पछिल्लो चरणको मात्र मृत्युदर केलाउँदा यो १.७ प्रतिशत देखिन्छ । विगतमा जस्तै अहिले पनि रेकर्ड गर्न छुटेका मृतकको संख्या पछि जोडिएमा अझै उल्लेख्य वृद्धि हुने सम्भावना छ ।

तर यो पछिल्लो चरणको संक्रमण अझै सकिएको छैन । अझै दैनिक हजारौंको संख्यामा संक्रमित फेला पर्दैछन् भने संक्रमणदर पनि दुई महीनाको लकडाउन बावजूद अझै २० प्रतिशतको हाराहारीमा छ । त्यसैले अझै मृतक संख्या र मृत्युदर बढ्ने देखिन्छ । यो चरण नियन्त्रणमा आउँदासम्म पछिल्लो मृत्युदर करीब २ प्रतिशतको हाराहारीमा हुने अनुमान गर्न सकिन्छ ।

यो सबै अन्यत्र देखिएको भन्दा फरक छ । अन्य मुलुकमा पछिल्ला लहरमा संक्रमितको संख्या बढ्दै गर्दा पनि संक्रमितको मृत्युदर भने घटेको थियो । प्रशस्त तयारी, स्वास्थ्य संस्थाको सबलीकरण, उपचार पद्धतिको विकासले गर्दा मृत्युदर कम हुन पुग्यो । तर, हाम्रो अवस्था हेर्दा ठ्याक्कै उल्टो छ ।

सम्भावित संक्रमितको पहिचान, परीक्षणको दायरा वृद्धि, गतिलो कन्ट्याक ट्रेसिङ लगायत कुरा गर्न सकिएन भने फेरि यो सुषुप्त भुंग्रोबाट ज्वालाको रूप धारण गर्न बेर लाग्दैन ।

धेरै देशमा लकडाउन जस्ता नियमनले संक्रमण दर घट्दै गए पनि खुकुलो बनाउँदा साथ संक्रमितको संख्या पुनः बढेको थियो । अहिले झन् नेपालमा नयाँ भेरियन्टको प्रकोप बढ्दै गर्दा संक्रमितको संख्या फेरि उकालो लाग्ने त हैन भन्ने डर छ ।

यो चरण शुरू हुनुभन्दा पहिला मृत्युदर १ प्रतिशतको हाराहारीमा थियो । सरसर्ती हेर्दा १ प्रतिशतबाट २ प्रतिशत पुग्नु धेरै जस्तो नदेखिए पनि, मृत्युदर मात्रै हेर्दा यो शतप्रतिशत वृद्धि हो । यो निकै भयावह स्थिति हो । अधिकांश मृत्यु उपचार अभावले भएको थियो । अहिले पनि उपचार क्षमतामा उल्लेख्य वृद्धि भएको अवस्था छैन, केवल लकडाउन सृजित अवस्थाले संक्रमितको संख्या घटेको छ र स्वास्थ्य सेवा सहज बन्न पुगेको छ । तर फेरि संक्रमितको संख्या उकालो लाग्नासाथ पहिले जस्तै अभाव र जथाभावी उपचारले थुप्रै व्यक्तिले ज्यान गुमाउने अवस्था सृजना हुने सम्भावना उस्तै छ ।

निषेधाज्ञा खुकुलो भइसकेको अवस्थामा समुदायमा सक्रिय संक्रमित धेरै छन्, दोस्रो लहर उत्कर्षमा पुगेपछि महामारीमा अब आउन सक्ने सम्भावित जोखिम के के हुन् ?

दुई महीनाको निषेधाज्ञापश्चात् पनि अझै हाम्रो संक्रमितको संख्या र संक्रमणदर उच्च नै छ तर दुवै संख्यामा ओरालो भने लाग्दैछ । गम्भीर बिरामी र मृतकको संख्या क्रमशः ओरालो लाग्दै गरे पनि स्थिति पूरै नियन्त्रणमा अझै छैन । दिनानुदिन विभिन्न क्षेत्रमा अप्रत्यासित चाप र सो अनुरूपको व्यवस्थापन गर्न नसकेको पाइएको छ । यी सबै कुराले के इंगित गर्छन् भने हामीले अझै पनि महामारीको वास्तविक संख्यात्मक विस्तारको अनुगमन गर्न सकेका छैनौं ।

अब क्रमिक रूपमा निषेधाज्ञाको अन्त्य गर्दै गर्दा पनि हामीले सही अनुगमन गर्न सकेनौं भने फेरि यो संक्रमण नजानिंदो पाराले विस्फोट हुने डर हुन्छ । सम्भावित संक्रमितको पहिचान, परीक्षणको दायरा वृद्धि, गतिलो कन्ट्याक ट्रेसिङ लगायत कुरा गर्न सकिएन भने फेरि यो सुषुप्त भुंग्रोबाट ज्वालाको रूप धारण गर्न बेर लाग्दैन ।

थुप्रै राष्ट्रमा अकस्मात् संक्रमण वृद्धिपश्चात निषेधाज्ञा, त्यसको कारण संक्रमणको विस्तारमा कमी, अनि फेरि केही खुकुलो हुनासाथ लापरबाही र झन् ठूलो संक्रमण विस्तार भइरहेको छ । हामीले यो सबैबाट पाठ सिक्न जरूरी छ । अति उच्च संख्यामा संक्रमण हुँदा समेत परीक्षण २०–२५ हजारभन्दा धेरै भएन, तर अब निषेधाज्ञा खुला गर्न थालेसँगै तह तहमा परीक्षण गर्न जनशक्ति परिचालन गरेर संक्रमण विस्तार रोक्न जरूरी छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...