8.6 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

पर्वत रेडक्रसलाई गैरआवासीय नेपालीले दिए एम्बुलेन्स

शेयर गर्नुहोस्

पर्वत : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् र अन्तर्राष्ट्रिय पर्वत समाजले नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला शाखालाई एम्बुलेन्स प्रदान गरेका छन्।

परिषद् सदस्य तथा समाजका सल्लाहकार अर्जुनकुमार श्रेष्ठको पहलमा करिब १४ लाख मूल्य बराबरको एम्बुलेन्स पर्वत रेडक्रसले पाएको हो। एम्बुलेन्स पहलकर्ता श्रेष्ठले पर्वत रेडक्रसका सभापति रुद्रबहादुर रिमाललाई हस्तान्तरण गरेका छन्।

बिरामी भएको बेलामा तथा उद्धार गर्नका लागि जिल्लाका थुप्रै ठाउँमा एम्बुलेन्सको आवश्यकता रहेको भए पनि रेडक्रसलाई सहयोग गरेपछि सबै नागरिकले सेवा पाउने भएकाले रेडक्रसलाई नै एम्बुलेन्स दिइएको समाजका सल्लाहकार श्रेष्ठले बताए। गैरआवासीय रूपमा विभिन्न देशमा रहेका नेपालीहरूको मन सधैँ मातृभूमिप्रति समर्पित रहने बताउँदै उनले आउँदा दिनमा पनि विगतमा जस्तै सहयोगलाई निरन्तरता दिइने बताए।

एम्बुलेन्स ग्रहण गर्दै रेडक्रसका सभापति रिमालले दुवै संस्थासँगको सहकार्यमा भूमिका निर्वाह गरी संस्थालाई एम्बुलेन्स दिएकोमा सहयोगदाताहरूलाई धन्यवाद दिए। गैरआवासीय रूपमा रहेका नेपालीहरूले आफ्नो गाँस काटेर भए पनि गरेको सहयोगबाट किनिएको एम्बुलेन्सको सदुपयोग गर्ने र समयमा नै सेवा दिनका लागि आफूहरू खट्ने बताए।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...