20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

युवा दिवस २०८०का अवसरमा पर्वतमा अन्तरक्रिया

शेयर गर्नुहोस्

अन्तरास्ट्रिय युवा दिवसका अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्थित युवाहरु सम्मेलित संघसंस्थाहरुको आयोजनामा युवाहरुको अबको गन्तव्य अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ हो ।

जिल्लामा विभिन्न क्षेत्रमा सक्रिय युवाहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले युवाका सवालमा सरकारका गतिविधि न्युन रहेको बताए । स्थानीय सरकार देखी संघ सरकारले नीतिविधीमा प्रचार मात्रै गर्ने तर व्यवहारीकतामा युवाहरूका कार्यक्रम कम्जोर हुनाले युवा मात्रै हैन सिंगो राष्ट्रकै विकास सोचेजति हुन नसकेको युवाहरूले सुनाए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विश्वकर्माले युवाहरूको विकास भए मात्रै समाजको विकास हुने बताए । उनले युवाहरूलाई पछाडि राखेर देश अंघी जानै नसक्ने भन्दै सरकारले युवा लक्षित कार्यक्रमलाइ बढाउनुपर्ने बताए ।

कार्यक्रममा युवाहरुको सवालमा विषेश वक्ताहरुसंग संवाद गरिएको थियो । बक्ताहरु पर्वत जिल्लाका प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपाने, नेष्डो समृद्ध ग्रुप नेपालका अध्यक्ष विश्व प्रकाश प्रसाईं र उद्घमी तथा पत्रकार भवानी प्रसाद शर्माले युवाहरुका सवालमा शिक्षा, चेतना, स्वस्थ्य, सुरक्षा रोजगारी उद्घमकर्म लगायत विभिन्न क्षेत्रसंग सम्बन्धित रहेर भनाइ राखेका थिए ।

कार्यक्रममा फ्रन्ट लाइन नेपालका अध्यक्ष शिव प्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै पर्वत जिल्ला अस्पताल विकास समितीका अध्यक्ष शंकर गिरी, पर्वत जेसीजका अध्यक्ष विनोद आचार्य लगायतले बोलेका थिए ।

शिव प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा, स्वागत रोट्रयाक कल्ब अफ पर्वतका अध्यक्ष सुजन पौडेल र संचालन प्रज्ञा नेपालका सचिव ठाकुर रसाईलीले गरेका थिए ।

प्रस्तुत भएको कार्यपत्र,

युवा दिवस २०८० का अवसरमा पर्वतमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएको कार्यपत्र

 

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...