अन्तरास्ट्रिय युवा दिवसका अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्थित युवाहरु सम्मेलित संघसंस्थाहरुको आयोजनामा युवाहरुको अबको गन्तव्य अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ हो ।
जिल्लामा विभिन्न क्षेत्रमा सक्रिय युवाहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले युवाका सवालमा सरकारका गतिविधि न्युन रहेको बताए । स्थानीय सरकार देखी संघ सरकारले नीतिविधीमा प्रचार मात्रै गर्ने तर व्यवहारीकतामा युवाहरूका कार्यक्रम कम्जोर हुनाले युवा मात्रै हैन सिंगो राष्ट्रकै विकास सोचेजति हुन नसकेको युवाहरूले सुनाए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विश्वकर्माले युवाहरूको विकास भए मात्रै समाजको विकास हुने बताए । उनले युवाहरूलाई पछाडि राखेर देश अंघी जानै नसक्ने भन्दै सरकारले युवा लक्षित कार्यक्रमलाइ बढाउनुपर्ने बताए ।
कार्यक्रममा युवाहरुको सवालमा विषेश वक्ताहरुसंग संवाद गरिएको थियो । बक्ताहरु पर्वत जिल्लाका प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपाने, नेष्डो समृद्ध ग्रुप नेपालका अध्यक्ष विश्व प्रकाश प्रसाईं र उद्घमी तथा पत्रकार भवानी प्रसाद शर्माले युवाहरुका सवालमा शिक्षा, चेतना, स्वस्थ्य, सुरक्षा रोजगारी उद्घमकर्म लगायत विभिन्न क्षेत्रसंग सम्बन्धित रहेर भनाइ राखेका थिए ।
कार्यक्रममा फ्रन्ट लाइन नेपालका अध्यक्ष शिव प्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै पर्वत जिल्ला अस्पताल विकास समितीका अध्यक्ष शंकर गिरी, पर्वत जेसीजका अध्यक्ष विनोद आचार्य लगायतले बोलेका थिए ।
शिव प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा, स्वागत रोट्रयाक कल्ब अफ पर्वतका अध्यक्ष सुजन पौडेल र संचालन प्रज्ञा नेपालका सचिव ठाकुर रसाईलीले गरेका थिए ।
प्रस्तुत भएको कार्यपत्र,
युवा दिवस २०८० का अवसरमा पर्वतमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएको कार्यपत्र



